बस दुर्घटना हुँदा १३ जनाको मृत्यु / १० जना घाइते

काठमाडौं : गएरातिदेखि परेको अविरल वर्षाका कारण पाल्पामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु २ त ७५ नं. बस दुर्घटना भएको हो । मृतक मध्ये ११ जनाको सनाखत भएको छ ।

जसमा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, गिता बुढाथोकी, कमला कार्की, सुशिलप्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर, सचिन बज्रार्चाय, लोकनाथ ढकाल रहेका छन् । अन्य घाइते भएकाहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा,मुना सारु,अर्जुन थापा र प्रविण बज्राचार्य रहेका छन् ।

२०७५ जेठ १८ गते शुक्रबार अपरान्ह ३ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :