अमेरिकालाई साउथ चाइना सीको बारेमा भ्रामक प्रचार नगर्न चीनको चेतावनी

काठमाडौं : लामो समयदेखि विवादित रहेको साउथ चाइना सी (दक्षिण चीन सागर)को विषयमा अमेरिकाले निरन्तर गलत तथा भ्रामक प्रचार गर्दै आएको भन्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा (Hua) चुङ्यिङले अमेरिकालाई त्यस्तो नगर्न चेतावनी दिएकी छिन् ।

केही दिन अघि अमेरिकी सचिव जेम्स म्याटको भनाई उद्वत गर्दै केही सञ्चार माध्यमहरुले दक्षिण चीन सागरमा चीनले सैनिकिकरण गरिरहेको बताएका थिए । प्रवक्ता हुवाले भनेकी छिन् । दक्षिण चीन सागरमा हतियार तथा सैनिक गतिविधि बढाउने पहिलो देश चीन नभएको समेत बताइन् । त्यसकारण सो क्षेत्रमा कसले सैनिकिकरण गर्न खोजेको छ । यो स्पष्ट छ । उनले अगाडि भनेकी छिन् ।

वैधानिक र न्यायका हिसावले आत्म सुरक्षाको लागि अन्तर्राष्ट्रिय कानुन अनुसार आफ्नो भूभाग सुरक्षा गर्ने चीनको अधिकार भएकोसमेत बताए ।  साउथ चाइना सिलाई, चीन जापान, भेतनाम, फिलिपिन्स जस्त देशहरुले आफ्नो भ्रामक भएको दावी गर्दै आएका छन् ।

२०७५ जेठ १८ गते शुक्रबार अपरान्ह ४ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :