भारतीय क्याम्प हटाउने मोरङबासीलाई सलाम ! – अनिल विरही


२०६५ साल (सन् २००८) मा कोसी नदीको पुल बाढीका कारण क्षतिग्रस्त भएपछि नेपालका सवारीसाधनलाई प्रवेश इजालत दिन कठिनाइ भएको (जानाजान कठिनाइ उत्पन्न गरेको) कारण नेपालका अधिकारीहरूको अनुरोधमा विराटनागरमा भारतीय क्याम्प कार्यालय स्थापना गरिएको थियो । प्रचण्डले आफ्नो भारत प्रमणको समयमा नै (पूर्वी तराईमा एउटा भारतीय क्याम्प कार्यालय खोल्न आवश्यक भएको) बताएको भनेर उक्त कार्यालय खोल्नुअगाडि नै २०६४ सालमा भारतीय विदेश मन्त्रालयद्वारा सञ्चालित वेबसाइटमा समाचार राखिएको थियो । प्रचण्ड र उनको पार्टीले त्यसको खण्डन कहिल्यै गरेन । त्यसबाट भारत र उसका नेपाली दलालहरू पूर्वी तराईमा देशभक्त धाराको बध गर्न योजनाबद्ध षड्यन्त्र बुन्दै गरेको अनुमान गर्न सकिन्छ । २०६५ सालमा कोसी बाढी र यातायात अवरुद्ध भएपछि भारतलाई (के खोज्छस्…. आँखो) भनेझैँ थियो ।

२०६५ सालको सुरुमा भारतीय क्याम्प मोरङ उद्योग सङ्गठनको एउटा कोठामा बसेर काम गरेको थियो । त्यसको केही महिनामा सुनसरी, बरगाछीमा एउटा घर नै भाडामा लिएर स¥यो । त्यसपछि पछिल्लो समय मोरङ मलायरोड (जोगवनी नजिक) मा झन्डै ३ रोपनी जग्गाको विशाल भवनमा स¥यो । उक्त कार्यालयले व्यापार सहजीकरणका नाममा नेपालमा भारतीय ढुङ्गा, धार्मिक (साम्प्रदायिक हिंसा फैलाउने, मधेसी र जनजाति दलहरूलाई उचाल्ने, सञ्चारलाई रकम बाँड्ने, छात्रवृत्तिका नाममा राजनीतिक प्रभाव विस्तार गर्ने, सूचना सङ्कलन गर्ने गर्दै आएको थियो । नेपालमा संसदीय दलहरूकै स्वार्थ प्रतिकूल भएपछि सन् २०११ र २०१३ मा औपचारिक रूपमा तत्कालीन परराष्ट्र मन्त्रालयले भारत सरकारलाई उक्त कार्यालय हटाउन पत्राचार गरेको थियो । तर भारतले अटेर गरेर बसिरहेको थियो । हाम्रो पार्टीले भारतको उक्त जासुसी अड्डा हटाउन सङ्घर्ष गर्ने निर्णय ग¥यो ।

एक वर्षअगाडि नै नेकपा मोरङ जिल्लाले प्रमुख जिल्ला अधिकारीलाई उक्त कार्यालय हटाउन ज्ञापनपत्र बुझायो । त्यसको लगत्तै उक्त कार्यालय हटाउन माग गर्दै धर्ना दिइयो, घेराउ गरियो । स्थानीय सञ्चारले राम्रो स्थान दिए । मोरङमा सकेसम्म जनमत बनाउने प्रयास गरियो । भारतले नटेर्ने, सरकार लाचार बन्ने भइरहेको बेला २०७५ वैशाख ३ गते उक्त कार्यालयमा बम विस्फोट भयो । त्यो घटनाले सरकार, भारतीय दूतावास र तत्कालीन माओवादी नेता शिवकुमार मण्डल, भारतीय जासुस तथा व्यापारी पवन सारहा, भारतीय दलाल प्रहरी अधिकृत अरुण बीसी र प्रजिअ रामप्रसाद आचार्य उत्तेजित भए । उनीहरू देशभक्त धारालाई नामेट पार्न र मालिक रिझाउन हात धोएर लागे । तर त्यो घटनाले देशव्यापी सहानुभूति प्राप्त ग¥यो । पूर्वका सञ्चारले उच्च प्राथमिकता दिएर स्थान दिए । एमाले र माकेका स्थानीय नेता र पत्रकारसँग हामीले प्रतिक्रिया लियौँ । सबैले बधाई दिए । सामाजिक सञ्जालमा देशभक्तिको भावना गुन्जियो । देशभक्तहरूको मनोबल निकै बढ्यो । भारतीय क्याम्प र त्यसका विरुद्धको सङ्घर्षले पूर्वी नेपालमा भारतविरोधी जनमत बढ्ने र नेकपाको प्रभाव बढ्ने निश्चित भएपछि भारत र उसका नेपाली दलालहरू उक्त क्याम्प हटाउने निर्णय गर्न (हालसम्म सामान ओसारेको सूचना छ) बाध्य भएका छन् । यो देशभक्त धाराको (प्रचण्ड आत्मसमर्पणपछिको) ठूलो विजय हो । २०६५ जेठ ७ गतेको भारतको पछाडि हटाई ऐतिहासिक र धेरैले नसोचेको जनप्रतिरोधको सकारात्मक परिणाम हो ।

भारतीय क्याम्प हटाउने सङ्घर्षका क्रममा अहिले पूर्वका क्रान्तिकारी नेताहरू उदय राई ‘युगेन’, भीम लिम्बू, सुरेन्द्र राई सागर (दिल्लीबाट गिरफ्तार), बाबुराम राई दिवस प्रहरी हिरासतमा छन् । मोरङ इन्चार्ज पुष्कर श्रेष्ठ, दीपक मोहरा ‘महावीर’, पुष्प कोइरालालगायतलाई मुद्दा लगाइएको छ । धम्की, मनोवैज्ञानिक यातना, खानतलासी सयौँको सङ्ख्यामा भएको छ । यी देशभक्त र क्रान्तिकारीहरूले गलत गरेका थिए भने विराटनगरको भारतीय क्याम्प किन हटाइयो त ? अथवा हटाउनु नै थियो भने बमको धमाका सुन्नुअगाडि नै हटाएको भए हुँदैनथ्यो ? समस्याको शान्तिपूर्ण बाटो बन्द गर्ने भारत र उसका नेपाली दलाल हुन् । नेकपाको नेतृत्व र जनप्रतिरोधी परिणाम हो, कारण हुँदै होइन ।

विराटनगरको भारतीय क्याम्प हटाउन रातो खबर प्रकाशनगृहले निरन्तर जनमत बनाउन भूमिका निर्वाह ग¥यो । मोरङ, सुनसरीका सञ्चारकर्मीले भारतीय नुनको वास्ता नगरी कर्तव्य पुरा गरे । त्यहाँको हाम्रा पार्टी कार्यकर्ता र जनताले भारतीय जासुसी अड्डा हटाउन माग गरे । तत्कालीन एमाले र माकेका नेता–कार्यकर्ताले आआफ्नो पार्टीमा दबाब बढाए । ती सबैको दबाबका कारण भारतको एउटा अड्डा बन्द भएको छ । २०२६ सालमा नेपालको उत्तरी सिमानामा रहेका १८ वटा भारतीय सेनाका जाँच चौकी राजा महेन्द्र र तत्कालीन प्रम कीर्तिनिधि बिस्टको पहलका कारण हट्न बाध्य भएका थिए । आज पनि भारतीय गोर्खा सेनालाई निवृत्तिभरण वितरण गर्ने नाममा नेपालका २५ जिल्लामा भारतीय सेनाका शिविर छन् । आजको दुनियाँमा निवृत्तिभरणका लागि कार्यालय चाहिन्न । त्यही काम बेलायतले बैङ्कमार्फत गर्छ । अब देशभक्तहरू भारतीय निवृत्तिभरण क्याम्प हटाउने सङ्घर्षमा केन्द्रित हुनुपर्दछ । अहिलेलाई भने पूर्वी तराई मूलतः मोरङका देशभक्तहरूलाई रातो सलाम !

२०७५ जेठ १८ गते शुक्रबार बिहान १० : २८  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :