आठ विद्यार्थी संगठनद्वारा अन्तरक्रिया सम्पन्न / राज्यको नालायकीपनको कारण देशमा शैक्षिक विकृति मौलाएको छ : ढकाल

 

काठमाडौं : नेकपा निकट अखिल (क्रान्तिकारी) लगायत विभिन्न ८ विद्यार्थी संगठनहरुको आयोजनामा ‘बर्तमान शिक्षा र प्रतिपक्षि विद्यार्थी आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम’ बिहीबार काठमाडौँमा  भएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले राज्यको नालायकी पनको कारण देशमा शैक्षिक विकृति मौलाएको भन्दै आठ विद्यार्थी संगठनको आन्दोलनको उदेश्य शिक्षामा भएको नीजिकरण र व्यापारीकरणको गर्नुभएको बताए । उनले नीजि शिक्षणसंस्थाका संचालकहरुलाई शिक्षामा व्यापार गर्नु भन्दा अन्य व्यापार संचालन गर्न आग्रह गरे । अहिले पनि ६ लाख बालबालीका शिक्षाबाट बन्चित भएको भन्दै नेपालको प्राकृतिक स्रोत र मानव संशाधनलाई जोड्ने शिक्षा आवश्यक भएको कुरामा जोड दिए ।

अध्यक्ष ढकालले आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै संघर्षको माध्यमबाट सरकारलाई आफ्ना माग सुनाउने चेतावनी पनि दिए । कार्यक्रममा नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौैतम, राजपा विद्यार्थी संगठका अध्यक्ष रन्जित झा, अनेरास्ववियु(क्रान्तिकारी)का शेवन्तराज भण्डारी र अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीले मन्तव्य राखेका थिए । वक्ताहरु प्याव्सनका महासचिव तथा पत्रकार राजेन्द्र वाँनिया, एन प्याव्सनका अध्यक्ष रितु सापकोटा, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, शिक्षा विद विद्यानाथ कोइरालालगायतले आ—आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता समाजवादी फोरमका अध्यक्ष विवेक राई, सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष धनश्याम मिश्र गरेका थिए भने स्वागत मन्तव्य राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष ताराप्रसाद अर्यालले गरेका थिए ।


२०७५ जेठ १७ गते बिहीबार अपरान्ह ५ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :