तथ्यपरक रिपोर्टिङमा विश्वास गर्न आग्रह

 

काठमाडौं : गत जेठ १५ गते मंगलबार एक दैनिक पत्रिकामा छापिएको “सेनाको निगरानीमा विप्लव र राउत समूह” शिर्षकको समाचारप्रति नेपाल कम्युनिस्ट पार्टीले आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । “विप्लव समूह भने पछिल्लो समय हप्ता असुली र चन्दा उठाउने र सरकारी विद्यालयहरुमा सम्मेलन गर्ने” जस्ता क्रियाकलाप गरेको प्रतिवेदन नेपाली सेनाले जेठ १४ गते सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पृतनापति समन्वयात्मक बैठकमा बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीले यो दलाल संसदीय व्यवस्थालाई अस्वीकार गरेको र नेपालमा समृद्धि, विकास र दिगो शान्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले जनताको वास्तविक सत्ता अभ्यास स्थानीय तहमा जनसत्ता सञ्चालन गरिरहेको परिप्रेक्षमा लिइने कर, आर्थिक सहयोगलाई हप्ता असुली भन्नु उपयुक्त ठहर्दैन भनिएको छ । नेकपाले भनेको छ वर्तमान राज्य प्रणालीले जनताका समस्या समाधान गर्नुको सट्टा, उनीहरुमाथि शोषण, दमन र उत्पीडन नै कायम राखिराखेका छन् । सत्तामा पुग्न र टिकाइ राख्नका लागि राष्ट्रघात र जनघात गरिराखेका छन् । यस्तो अवस्थामा नेपालका सबै देशभक्त शक्ति र संघ/संस्थाहरुले यसको विरोध गरी भ्रम पूर्ण र तथ्यरहित टिकाटिप्पणीबाट मुक्त जरुरी पनि भैसकेको बताइएको छ ।

२०७५ जेठ १७ गते बिहीबार अपरान्ह ४ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :