मगर मुक्ति मोर्चा महोत्तरीको सम्मेलन

 
काठमाडौं : मगर मुक्तिमोर्चा नेपालको महोत्तरी जिल्ला सम्मेलन मंगलबार सम्पन्न भएको छ । ‘मगर मुक्ति, स्वसाशन, आत्म निर्णयको अधिकारका लागि प्रथम जिल्ला सम्मेलन !’ भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले २ पछि थप्ने गरी भुवन गराङ्जा मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको सचिव सुनबहादुर थापामगर र कोषाध्यक्ष चन्द्रमाया आले मगर रहेकाछन् । यस्तै सदस्यहरूमा वेदबहादुर किङरिङ मगर, सुन्दर लुङ्घेली मगर, भागवति बलम्पाकी मगर, मकरध्वज आलेमगर, फुलकुमारी आले मगर र भीमबहादुर गुम्रहानेमगर रहेका छन् । सम्मेलनमा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज ईन्द्रकुमार घर्तीमगर प्रमुख आतिथि थिए । सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला इन्चार्ज रूपेश कार्की, नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष गणेश आलेमगर, मगर अग्रज तथा वाम बुद्धिजीवी प्रेम रानामगर, नेपाल मगर संघका पूर्व अध्यक्ष प्रताप सिंह आलेमगर र मगर मुक्ति मोर्चा नेपालका कोशी ब्युरो इन्चार्ज कमल सुस्लिङ मगरले शुभकाना मन्तव्य राखेका थिए ।
मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा महोत्तरी जिल्ला संयोजक भीमबहादुर आलेमगरको अध्यक्षतामा सम्पन्न सम्मेलनमा झमानसिंह बलम्पाकी मगरले स्वागत भाषण र दिनेश सारू मगरले सञ्चालन गरेका थिए ।
२०७५ जेठ १७ गते बिहीबार दिउँसो ३ : १४  मा प्रकशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :