जनपरिषदको कारबाहीमा भूमाफिया

काठमाडौं : सार्वजनिक सम्पती हडप्ने रुपन्देही बुटवलका एक भूमाफिया चिन्तामणी पाण्डे क्रान्तिकारी जनपरिषद्को कार्वाहीमा परेका छन् । पान्डेले बुटवल उपमहानगरपालीका १७ रानिगन्जमा रहेको सार्वजनिक जग्गा कब्जा गरी पर्खाल लगाएका थिए । उनै पाण्डेलाई सांकेतिक कार्वाहीस्वरुप सार्वजनिक जग्गा घेरेर लगाइएको पर्खाल भत्काइएको छ । उक्त जग्गा स्थानीय बासिन्दाको व्यापक विरोध हुदा हुदै पनि पाण्डेले जवरजस्ती प्लटिङ गरी बेचविखन गर्ने हेतुले चारैतिर पर्खाल लगाए घेरेका थिए । यसरी सार्वजनिक सम्पती भूमाफियाले कब्जा गरेपछि जनपरिषदको आदेशमा गएराती उक्त जग्गा वरिपरि लगाइएको पर्खाल भत्काइएको हो । उक्त जग्गामै भेटिएको एक पर्चामा उल्लेख गरिए अनुसार पाण्डेले सार्वजनिक जग्गा हडपेर त्यसक्षेत्रमा रहेका सुकुमवासीहरुलाई हट्न दवाव दिइरहेका थिए । उनले पावर र पैसाको प्रयोग गर्दै स्थानीय जनप्रतिनिधिहरुलाई समेत प्रभावमा पारी वर्षौदेखि त्यसक्षेत्रमा बसोबास गरिरहेका सुकुमवासीहरुलाई कुनै विकल्प बिनानै हट्न दवाव दिएका थिए । पाण्डेले नापी र मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेर मोटो रकममा मिलेमतो गरी विभिन्न ठाँउमा रहेका संघसंस्थाका जग्गा अतिक्रमण र किर्ते गरी आफ्नो नाममा बनाएको पनि उक्त पर्चामा उल्लेख छ ।

२०७५ जेठ १५ गते मंगलबार बिहान ११ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :