जीवनसङ्घर्ष र जीवनलक्ष्य : अभियान


प्रत्येक मानिसहरूका आआफ्ना तीतामीठा अनुभवहरू हुन्छन्, सफलता र असफलताकका पलहरू छुट्टाछुट्टै प्रकार हुन्छन्, विचार, सिद्धान्त अनि जीवन जिउने शैली पनि फरकफरक परिवेशका हुन्छन् । तर मेरो बुझाइमा जीवन एउटा यात्रा हो । धनी र पुँजीपतिहरूको यात्रा सुगम मार्गमा हुने गर्छ भने गरिब सर्वहारा वर्ग तथा क्रान्तिकारीहरूको जीवनयात्रा कयौँ उकाली, उराली, आरोह, अवरोह, घुम्ती मोड तथा जिकज्याकीकरणहरूको बीचमा हुने गर्दछ । जीवनको जन्म र मृत्युको बीचमा विभिन्न चरणहरूलाई सामना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । त्यस्तै मेरो जीवनकथाभित्र रहेका सङ्घर्षमा चरणहरूलाई सङ्क्षिप्त ढङ्ले पस्किने जमर्को गर्दछु ।

म आपूmलाई रक्षकुमार राई भनेर कसैले बोलाउनु भन्दा अभियान भनेर सबैले बोलाएको मनपराउँछु । मेरो जन्म वि.सं. २०४६/०७/०९ गते तेम्के मैयुम गाउँपालिका २ भोजपुर जिल्लामा माता चन्द्रदेवी राई र पिता रामबहादुर राईबाट भएको हो । घरको नजिक जंगल । त्यही पनि मेरो आफ्नोे बा सिकारी । बाले भरुवा बन्दुक चलाएको देख्दा मलाई पनि मेसिनगन चलाउने कौतुहल जागिरहन्थ्यो ।

वि.सं २०५९/११/१५ गते क्ीऋ परीक्षाको तयारी भनेर कोचिङ पढ्न घरबाट हिँडेको रक्षकुमार बाको प्यारो ध्वाँसे छोरा जनमुक्ति सनाको फर्मेसनभित्र क. अभियान बन्न पुगेँ ।
लडाइँ विचारको थियो अनि परिवर्तन जनताको । सानै उमेर भए पनि डर भन्ने शब्द मुटुको कुनै कुनामा अटाउन सकेन । पूर्वी कमान्डको मोर्चाबन्दी लडाइँ र पहिलो ऐतिहासिक आक्रमण धारापानी, बन्दीपुर, मिर्चैया र चोहर्वा २०६२/०१/२६ गते बन्दीपुर मोर्चाबन्दी लडाइँ मेरो पहिलो अनुभव थियो ।

नेपाली जनयुद्धका तीन चरण : रक्षा, सन्तुलन र रणनीतिक प्रत्याक्रमणअन्तर्गत यस अवस्थामा हामी अन्तिम चरण जुन रणनीतिक प्रत्याक्रमण चरणमा पुगिसकेका थियाे। एकातिर शाहीसत्ता थर्कमान अवस्थामा थियो भने अर्कातिर जनयुद्धले एकपछि अर्को साहसिक अनि ऐतिहासिक सफलताहरू हात परिरहेको थियो ।  २०६२।०३।०८ गते भोजपुर पाँचधारे भिडन्तमा शाहीसत्ताका भरौटे सेनाहरूलाई पूर्ण रूपमा घुँडा टेक्न बाध्य पारेर सम्पूर्ण हातहतियार कब्जा गर्न सफल जनमुक्ति सेनाका दस योद्धाहरूले सहादत प्राप्त गर्नुभएको थियो । आज त्यस ठाउँलाई दसतारे भनेर चिनिन्छ । त्यो मेरो दोस्रो लडाइँको सहभागिता थियो ।
घोडेटार आक्रमणमा मेरैअगाडि बटालियन कमान्डर क. जमिन वर्गदुस्मनको गोली लागेर ढल्नु भएको भने मलाई पनि दुस्मनको गोली घुँडामा लागेको थियो । बमको धमाकाले रक्ताम्मे शरीर भुइँमा लडेको अवस्था थियो ।

क.जमिन सहादत प्राप्त गर्नुअगाडि तारबारको घेरा तोडेर आफैँ सेन्ट्री पोस्ट नजिक पुगेर वीरता प्रदर्शन गरिरहनुभएको थियो भने हामी उहाँको पछाडि माथि उक्लिरहेका थियौँ । उहाँको टाउकोमा व्एःन् को गोली लागेर अचानक उहाँ ढल्नुभयो । त्यही समय म पनि घाइते हुन पुगेँछु ।
क. अनमोल सायद अहिले उहाँ रोजगारको सिलसिलामा बाहिर हुनुहुन्छ । त्यस बेला उहाँ बिरामी सप्लाई टोलीमा हुनुहुन्थ्यो । उहाँको एउटा शब्द अभैm सम्झना हुन्छ– अभियान पनि घाइते हुनुभएछ ।

हुनसक्छ नेपाली जनयुद्धकै अन्तिम मोर्चाबन्दी लडाइँ सर्लाहीको मलङ्गवा आक्रमण आफैँमा ऐतिहासिक छ । यस लडाइँमा नै अमेरिकाले दिएको लडाकु विमान खसेको थियो । यस ठाउँमा आक्रमण गर्छ भन्ने शाही सत्तालाई सयमा एक प्रतिशतसमेत विश्वास थिएन । यसै लडाइँपछि देशमा शान्तिसम्झौताहरू भए । मलङ्गवा आक्रमणमा मैले पनि वीरता प्रदर्शन गर्ने अवसर प्राप्त गरेको थिएँ र दसवटा हतियार खोस्न सफल भएको थिएँ ।
जनयुद्धमा बलिदान गर्ने हज्जारौँ वीर सदिहरूलाई नसम्झिरहन सकिँदैन । म सलाम गर्न चाहन्छु ।

क्रान्तिकारीहरू जहिले पनि सिद्धान्त र विचारले अगाडि बढ्छन् । सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्ने गर्छन् । आज म खुलेर भन्न सक्छु– मलाई नेपाली क्रान्तिले साहस दिएको छ । त्यही साहसले आज म पूर्वलडाकु, फिल्मी कलाकार, पुस्तक लेखक, कराँते प्रशिक्षक र राष्ट्रिय रेफ्रीका रूपमा परिचित छु । सफलताको पछाडि इच्छाशक्ति, सही योजना, उचित समयको सदुपयोग, निरन्तरता र क्रान्तिकारी साहस नै हुन् । क्रान्तिकारीहरू सधैँ परिवर्तनशील र गतिशील हुन्छन् भन्ने कुरामा कसैको पनि दुईमत नहोला । एउटा क्रान्तिकारी भएको नाताले मैले पनि संसार जित्ने साहस गरेको छु । म सारा नेपालीको नाम विश्वसामु चिनाउन चाहन्छु । आज मैले स्कुटीको २७०० किमि साहसिक यात्रा एकै समयमा भोकै, पानीसमेत नपिईकन काठमाडौँबाट सोलुखुम्बु हँुदै पूर्व मेचीदेखि पश्चिम महाकाली हुँदै फेरि काठमाडौँसम्म तीन दिनभित्र पूरा गर्ने साहस गरेको हुँ । हुनत विश्व कीर्तिमान आफँैमा महान् कार्य हो । यो अति धेरै मूर्खले कि विद्धान् र साहसीले मात्र गिनिज बुकको पानामा अफ्नो नाम लेखाउन सफल हुन्छ । ज्ष्नज च्ष्कज, ज्ष्नज क्उभभम र ज्ष्नज म्ष्कतबलअभ लाई लिएर आज यस विश्व कीर्तिमानका लागि लगभग ६० प्रतिशत कार्य पूरा भइसकेको छ । स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीवहिनीहरूले आर्थिक सहयोगहरू प्रदान र गरिरहनुभएको छ भने होन्डा कम्पनी र पूर्वनेपाल कृषि प्रमुख आदरणीय मदन राईले पनि थप सहयोग गर्नुहुने भएको छ ।

हामी जन्मेदेखि मृत्युसम्म विभिन्न बहानामा कर असुली गरेर शासकहरू आफ्नो सपना पूरा गर्ने र जनताको चाहना अधुरो राख्ने काम अझै पनि गरिरहेकै छन् । हिजो जनयुद्ध अगाडि पनि थुपै्र क्रान्तिकारी आन्दोलनहरू भए । सरकार परिवर्तनहरू भए तर जनताको जनजीवनमा आमूल परिवर्तन हुन सकेन । अभैm पनि क्रान्तिकारी धारले परिवर्तनका आवाजहरू बुलन्द गरिरहेको छ । पक्कै पनि जबसम्म मानव जातिको अस्तित्व हुन्छ तबसम्म जनतालाई परिवर्तनको आवश्यकता भइरहनेछ । परिवर्तनकारी र यथास्थितिवादी शक्तिहरूवीच सङ्घर्षहरू भइरहनेछ । परिवर्तन सर्वहारा वर्गको चाहना मात्र नभएर समयको माग हुनेछ ।
आजसम्म २१ नेपालीहरूले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकको पानामा नाम लेखाएका छन् । उनीहरूले आफ्नो प्रयास र मेहनतबाट नै सफलता प्राप्त गरेका हुन् । कुनै एक व्यक्तिका कारण सिङ्गो देशको नाम विश्वमा परिचित हुन्छ भने यस्तो कार्यका लागि पनि सरकारी बजेटहरू जसरी अरू क्षेत्रमा छुटिन्छ त्यस्तै यस्ता कार्यहरूमा पनि छुटिनुपर्छ । यसमा विभिन्न सम्वन्धित सरकारी निकायहरूले ध्यान दिनुपर्ने आवश्यकता छ ।
जबसम्म क्रान्तिकारी योद्धाहरूको योग्यताअनुसारको जिम्मेवारी र सही कार्यको मूल्याङ्कन हुन सक्दैन तबसम्म महान् सहिदहरूले देखाएको बाटो पूरा हुन सक्दैन । क्रान्तिमा पलायनवादका समस्या जीवित भइरहने गर्दछ ।

२०७५ जेठ १५ गते मंगलबार बिहान ९ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :