गणतन्त्र दिवसमा बालकृष्ण ढुङ्गेलसहित ८१६ बन्दी जेलमुक्त

काठमाडौं :तत्कालिन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल मंगलबार अर्थात ११ औं गणतन्त्र दिवसको अवसर पारेर थुना मुक्त भएका छन् । जेल सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका हुन् । उनीसँगै अरु ८१६ बन्दी पनि आजै छुटेका हुन् । जनयुद्धकालको मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर हल गर्ने भनिए पनि ढुङ्गेललाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय तोकिएको थियो । उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुङ्गेलले जनयुद्धकालमै ७ वर्ष जेल सजाय भोगीसकेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । मंगलबार रिहाइपछि सञ्चारकर्मीहरुसँग ढुङ्गेलले भनें ‘डलरवादीहरुले मेरा विरुद्ध अभियान थालेका छन् त्यसविरुद्ध निरन्तर लडिरहने छु ।’ ढुंगेललाई स्वागत गर्न नेकपा अन्डरलाईका नेताकार्यकर्ता काठमाडौं डिल्लीबजार पुगेका थिए ।

२०७५ जेठ १५ गते मंगलबार मध्यान्न १२ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :