आठ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेकपानिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले जेठ २१ गते सोमबार देशब्यापी एकदिने शैक्षिक हडताल गर्ने घोषणा गरेका छन् । विद्यार्थी संगठनहरुको आइतबार बसेको संयुक्त बैठकले शैक्षिक संस्थाहरुमा गरिएको तालाबन्दी लगायतका आन्दोलनहरु अझै सशक्तढंगले अघि बढाउने निर्णय गरेको छ । बैठकपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपालको राजनैतिक रुपान्तरणका लागि विभिन्न मुक्ति आन्दोलनहरुमा बलिदान गर्ने शहिदहरुले देखाएको बाटोमा हिड्ने प्रण गर्दै गणतन्त्र दिवस मनाउने उल्लेख छ । यस्तै विज्ञप्तिमा जेठ १७ गते शैक्षिक सरोकारवालाहरुसँग अन्तरकृया गर्ने पनि जनाइएको छ । आठ विद्यार्थी संगठनद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा नेकपानिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौैतम, राजपा विद्यार्थी संगठका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू (पाचौं)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी फोरमका अध्यक्ष विवेक राई, अनेरास्ववियु(क्रान्तिकारी)का सचिव पेशल दाहाल, राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष ताराप्रसाद अर्याल र अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीले हस्ताक्षर गरेका छन् ।


२०७५ जेठ १४ गते सोमबार बेलुका ८ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :