नेकपाका तीन नेता अदालतबाटै पक्राउ

 

काठमाडौं : अदालतले रिहा गरेका राजनैतिक बन्दीहरुलाई गिरफ्तार गरेर सरकारले अदालतको अपमान गरेको छ । नेकपा निकट योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई, नेकपा मोरङका सेक्रेटरी युगेन र दिपकलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेर अदालतको अादेशकाे अपमान गरेकाे हाे।आइतबार दिउसो मोरङमा अदालतले रिहाइको आदेश गर्न वित्तिकै पुनः प्रहरीले थप अनुसन्धानको लागि भन्दै उनीहरुलाई पक्राउ गरेको छ। सांगठनीक कामको सिलसिलामा रहेको बेला काठमाडौंको कपनबाट प्रहरीले बाबुराम राईलाई पक्राउ गरेको थियो भने युगेन र दिपकलाई पनि पार्टी कामको सिलसिलामा मोरङबाट पक्राउ गरेको थियो । पक्राउ पछि बाबुराम राई ललितपुर जिल्ला अदालतबाट रिहा भएका थिए तर उनलाई अदालतबाटै प्रहरीले पक्राउ गरी मोरङ लगेको थियो । आइतबार फेरी पनि अदालतबाटै राई लगायत तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिनाकारण आफ्ना नेता-कार्यकर्तालाई पक्राउ गरिएको र झुटा मुद्दा लगाएको भन्दै नेकपाले रिहाइको माग गर्दै आइरहेको छ ।
२०७५ जेठ १३ गते आइतबार बेलुका ८ :५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :