१६ औं कृष्ण सेन इच्छुक स्मृति दिवस सम्पन्न / शोभा दुलालसहित ४ जना पुरस्कृत

 

 

काठमाडौं : १६ औं कृष्ण सेन इच्छुक स्मृति दिवस जेठ १३ गते अनामनगरस्थित (इच्छुक) प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थाका संरक्षक तथा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (चैतन्य) थिए ।कार्यक्रमको अध्यक्षता ईश्वरचन्द्र ज्ञवfली, सञ्चालन हिरामणि दुःखी, स्वागत मन्तव्य गोपिन्द्र पौडेलले गरेका थिए । अन्य पुरस्कृत हुने साहित्यकारहरुमा मोदनाथ मरहट्टा (चितवन), विनोदविक्रम केसी (ललितपुर) शोभा दुलाल (काठमाडौं) र फुलमाया दर्जी (कालीकोट) छन् ।

दार्शनिक एवं सौन्र्दयशास्त्री समेत रहेका कार्यक्रमका प्रमुख अतिथि चैतन्यले देशमा जारी दलाल संसदीय ब्यवस्थाले राष्ट्रियता र स्वाधीनतामाथि घात पु¥याईरहेको भन्दै देश र जनताको बास्तविक समृद्धिको लागि एकपटक सशस्त्र क्रान्तिको खाँचो भएको बताए । साथै उनले राष्ट्रियतामाथि बैदेशिक हस्तक्षेप बढ्दै गइरहेको भन्दै देश र जनताको पक्षमा कलम चलाउन श्रष्टा र पत्रकारहरुलाई आग्रह गरे । साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुक कि धर्मपत्नी तक्मा केसी र छोरी पनि कार्यक्रममा सहभागी थिए । 

२०७५ जेठ १३ गते आइतबार अपरान्ह ९ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :