दाङमा जनसत्ता घोषणा

dang jana parisad

दाङः बैशाख २८, नेपाल कम्युनिस्ट पार्टी दाङले जनपरिषद घोषणा गरेको छ ।
जनताका समस्याहरुलाई जनस्तरमै समाधान गर्नका लागि संसदीय व्यवस्थाको स्थानीय निकायको चुनावको विकल्पमा जनपरिषद प्रमुखमा उज्वल चौधरी, उपप्रमुखमा सुदीप शर्मा रहने गरी ९ सदस्यीय जनपरिषद समिति घोषणा गरेका छन् ।

जनपरिषद सदस्यीयहरुमा डम्बर अधिकारी, लोक बहादुर खड्का, नरेश चौधरी, रामु चौधरी, कमल चौधरी, नरेश चौधरी, चन्द्रकिरण पुरी चयन भएका छन् ।

सो कार्यक्रमका प्रमुख अतिति नेकपा दाङका सचिवालय सदस्य विकास वली अतिथिहरुमा राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तिलक योगी रहेका थिए । कार्यक्रमका अध्यक्षता कमल चौधरीले गरेको थियो भने कार्यक्रम सञ्चालन प्रविण थारुले गरेका छन् ।

त्यसैगरी दाङ्गको नारायणपुरमा याम बहादुर डाँगी प्रमुख, हापुरमा नवराज पाण्डे, ढिकपुरमा ठाकुर चौधरी प्रमुखमा चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :