बलिउड सुपरस्टार सलमान खान यसकारण नेपाल आउन सकेनन्

 

काठमाडौं : बलिउड सुपरस्टार सलमान खानको नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घको शसक्त विरोधको कारण धेरै पहिला आयोजना गरिएको उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुनपुगेको हो । जेठ १२ गते शनिबारका लागि तोकिएको कार्यक्रम दोस्रोपटक स्थगित भएको आयोजक संस्था ओडिसीले जनाइसकेको छ । भारतीय कलाकारहरुको दलबल सहित नेपाल आउन लागेका सलमान खानको कार्यक्रम स्थगित भएको आयोजक संस्था ओडिसी नेपालले आफनो फेजबुक पेजमा एक नोटिस मार्फत जनाएको हो । ‘दबङ टुर’ का नाममा भारतीय कलाकार नेपाल आउने कार्यक्रमलाई नेकपानिकट जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले नेपाली राष्ट्रियता र संस्कृतिमाथिको भीषण हमला भएको भन्दै शसक्त विरोध गरेका छन् । हालै एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिदै थपलियाले नेपालका राजनैतिक दल लगायत सबैलाई प्रतिबन्ध लगाइएको काठमाडौंको टुडिखेलमा नेपाली कलाकारहरुको अपमान हुनेगरी भारतीय कलाकारहरुलाई रक्सीको विज्ञापनमा नचाइनु गलत भएको बताएका छन् । उनले नेपाली संस्कृतिमाथि हस्तक्षेप हुनेगरी आयोजना गर्न लागिएको सलमान खान सहभागी हुने उक्त कार्यक्रम सफल नहुने दावी समेत गरेका थिए । उनले सलमान खान लगायत विदेशी कलाकारलाई नेपाली भूमीमा स्वागत छ तर ‘दवङ टुर’ नामक कार्यक्रम भारतीय संस्कृति विस्तार गर्ने र नेपाली संस्कृतिमाथि हस्तक्षेप गर्ने कार्यक्रम हो । आयोजक संस्था ओडिसीले खानको कार्यक्रममा लागि भनेर एउटा टिकट २० हजार सम्मकाे बनाएको थियो । जो सर्वसाधारण नेपालीका लागि निकै महंगो हो ।
२०७५ जेठ १२ गते शनिबार बिहान ५ : ५८  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :