विश्वविद्यालयबाट प्राइभेट संरचना हटाउ

 काठमाडाैँ  :  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले त्रिवि क्याम्पसको छात्रावासलाई अतिक्रमण गरेर बनाइएको सेवा आयोग, ललितकला र आँखा अस्पताल तत्काल हटाउन माग गरेको छ । साथै क्रान्तिकारीले त्रिवि भित्र प्राइभेट संघ संस्था, बैंक भित्रयाउने प्रयास रद्द गर्न पनि माग गरेको छ । विभिन्न समस्याहरुको उठान गर्दै त्रिविलाई बुझाइएको ९ सुत्रीय मागपत्रमा क्रान्तिकारीले विश्वविद्यालयको क्यान्टिन व्यवस्थित गर्नुपर्ने, खानेकुरा गुणस्तरीय हुनुपर्ने र मूल्य सुची राख्नुपर्ने, छात्राबासमा इन्टरनेटको ब्यवस्था, फोहोर व्यवस्थापन, बिजुली बत्तिको ब्यवस्था, भवनको मर्मत सम्भार निर्माण र सफा पिउने पानीको ब्यवस्था गर्न माग गरेको छ । यस्तै कर्मचारीहरु कार्यालयमा समयमा उपस्थित हुनुपर्ने र विद्यार्थीहरुको लागि आवश्यक खेलकुद सामग्री उपलब्ध गराउनुकासाथै खेलकुद आयोजना गर्न पनि माग गरेको छ । क्रान्तिकारीले फोहोर ब्यवस्थापन र विश्वविद्यालय परिसरभित्र रहेका निजी यातायातको ब्यवस्थापन गर्न पनि माग गरेको छ । त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्रिन्सिपललाई सम्बोधन गरिएको उक्त मागत्रमा उल्लेख गरिएका मागहरु ७ दिनभित्र कार्यान्वयन गर्नु पर्ने र बेवास्ता गरे आन्दोलनमा उत्रने चेतावनी पनि अखिल क्रान्तिकारीले दिएको छ । सो माग पत्रमा अखिल (क्रान्तिकारी)का त्रिभुवन विश्वविद्यालय क्याम्पस इन्चार्ज कमल बडुवालले हस्ताक्षर गरेका छन् ।

२०७५ जेठ ११ गते शुक्रबार बेलुकी ७ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :