झापा विद्रोहको बदलिएको अनुहार : अनिल विरही

पृष्ठभूमि
२०१९ सालमा भएको नेकपाको तेस्रो राष्ट्रिय अधिवेशन (महाधिवेश) ले ‘राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम’ र तुलसीलाल अमात्यलाई महासचिव चयन ग¥यो । विघटित संसद्को पुनरस्थापना र संवैधानिक राजतन्त्र तात्कालिक कार्यक्रम बनायो । तेस्रो महाधिवेशनले राजाका घोषित दलाल केशरजंग रायमाझी गुटलाई पराजित त ग¥यो तर घुमाउरो तरिकाले त्यही प्रवृत्तिलाई निरन्तरता दियो । अर्कोतिर अमात्य नेतृत्वमा चुनिए पनि व्यवहारमा पूर्णतः अस्वीकृत भए । २०२३ सालसम्म पुग्दा नेकपा केन्द्रविहीन भइसकेको थियो । त्यही वर्ष चीनमा संसोधनवादको विरुद्ध सर्वहारा सांस्कृतिक क्रान्ति सुरु भयो । यता पश्चिम बंगाल (भारत) को नक्सलबाडीमा नक्सलबाडी विद्रोह भइरहेको थियो । त्यसैले पूरै भारतलाई लपेट्दै थियो । सोभियत संघ र चीनबीचको (महाविवाद) को प्रभाव पनि नेकपामा परिरहेको थियो ।
नक्सलबाडी विद्रोहको सबैभन्दा ठूलो प्रभाव झापा जिल्लामा प¥यो । २०२७ सालसम्म नेकपाको झापा जिल्लामा संगठन कमजोर थियो । त्यसपछि भने क्रियाशीलता थाल्यो । केपी विमलीका अनुसार २०२७ सालको किसानहरूको आन्दोलमा झापा जिल्ला समितिले किसान आन्दोलन गर्ने र दमन गरिएमा सशस्त्र प्रतिकार गर्ने सर्वसम्मत निर्णय भरेको थियोे (झापा आन्दोलनदेखि एमालेको विभाजनसम्म, पृष्ठ २३ बालचन्द्र मिश्र) तुलसीलाल अमात्यको नेतृत्वको नेतकपा, पूर्वी कोशी प्रान्तीय समितिबाट स्वतन्त्र रहेर झापा जिल्ला समिति बसेको थियो । सशस्त्र कि शन्तिपूर्ण संघर्ष ? भन्ने बहस चलिरहेको बेला मनमोहन अधिकारी जेलबाट छुटे । मनमोहनले तुलसीलालकै पक्ष लिने भएकोले विवाद झन् चर्केर गयो ।

२०२५ सालमा झापा जिल्ला समितिमा सचिव र सदस्यहरूमा क्रमशः मदन खपांगी, बलबहादुर थापा, टीका सापकोटा, गोपाल कृष्ण प्रसाईं, तिलविक्रम ढकाल, केरकेरु राजवंशी, वीरेन राजबंशी, राधाकृष्ण मैनाली रामनाथ दाहाल, द्रोणाचार्य क्षेत्री थिए । त्यसले प्रान्तीय समितिसँग अनुमति नलिईकन (गुरिल्ला संघर्ष र वर्ग सत्रु खत्तम) गर्ने निर्णय ग¥यो । त्यसको भाइचारा सम्बन्ध चारु मजुमदार नेतृत्वको भाकपा (माले) सँग भइरहेको थियो ।
भाकपा (माले) का दुईजना कार्यकर्ता भोगेन राजबंशी, राजेन राजबंशी २०२७ (१९७० मा फेब्रुअरी २१) मा सिलगुडी जेलबाट सरक्षाकर्मीको हतियार खोसेर पार्टी सम्पर्कमा पुगेका थिए । भाकपा (माले) ले ती दुईजनालाई नेपालमा स्वयंसेवक पठाएको थियो । त्यसरी जेल तोड्ने ११ जनामध्ये यी दुईजना थिए ।

कारबाहीहरू (विद्रोह सुरुआत)

२०२८ जेठ दुई गते पहिलो कारबाही भएको थियोे । पूर्व कोशी प्रान्तीय समिति र नेकपा, भापाको बीचमा पटक–पटक छलफल भयो । भाकपा (माले) को मध्यस्ततामा पनि कैयौँ छलफलहरू भए तर झापा जिल्ला समितिले आत्मसमपंण गरेन । त्यसबेला मोहनचन्द्र अधिकारी र गोपालकृष्ण प्रसाईं इन्चार्ज थिए । प्रसाई मनमोहन – भारतमोहनतिर र अधिकारी झापा विद्रोहतिर लागेका थिए । झापा विद्रोहका कारणहरू ः
क) केन्द्रीय नेत्ृत्वका दक्षिणपन्थी नीति
ख) सांस्कृतिक क्रान्तिको प्रभाव
ग) नक्सलवाडी विद्रोहको प्रभाव
घ) सामन्ती शोषण दमन
ङ) पञ्चायती व्यवस्थाको दमन
च) प्रगतिशील साहित्यको व्यापक प्रकाशन तथा चिनियाँ साहित्यको प्रचारप्रसार
छ) कांग्रेस र सरकारी विचार पक्षधर प्रचार प्रसारको रक्षात्मक उपस्थिति
२०२८ जेठ ३ गते (कसैले २ गते भन्छन्) ज्यामिरगढीमा कर्णबहादुर गौतमको सफाया भयो । हत्यापछि विद्रोहीहरूले (क्रान्तिकारी जिन्दावाद !, जनवादी क्रान्ति जिन्दावाद) नारा लगाएका थिए । त्यसको तीन महिनाभित्रै शनिश्चेर, सालबाडीमा जमिनदार बुटन चौधरीको हत्या भयो । गरामनीका विष्णुप्रसाद विमलीको सफाया भयो । विमली र स्थानीय जोताहाको बीचमा लामो समयदेखि जग्गा विवाद थियो । नेत्र घिमिरेले विवाद मिलाउन प्रयास गरेका थिए । तर समस्या सामाधान नभएपछि घिमिरेकै नेतृत्वमा सफाया गरेको बताइन्छ । भुषावाडीमा घोडामाथि नै आक्रमण गर्दा विमलीका ज्वाई ईश्वरीप्रसाद चुडालको पनि ज्यान गएको बताइन्छ । चौथो कारबाही गरामनीमा रुद्रकान्त राजवंशीको भएको थियो । आक्रोशित विद्रोहीले मरेपछि पाँचौँ कारबाही शनिश्चरे हात्ती किल्लामा धर्मप्रसाद ढकाल र निजकै छोरा ज्ञानप्रसादमाथि भयो । धर्मप्रसाद नामुद महापञ्च थिए ।
ढकालको हत्यापछि प्रहरी दमन उत्कर्षमा पुग्यो । २०२९ मंसिरमा चारपानेमा जेठा सतारको घरमा भएको बैठकले जनकारबाही रोकेर संगठन विस्तारमा लाग्ने निर्णय ग¥यो । तर त्यसलगत्तै दुवागढीका उपप्रधानपञ्च ज्ञानबहादुर कार्कीको सफाया भयो । त्यसबाट संस्थापक प्रणाली कमजोर, भावनात्मक पक्ष र विदेशी प्रभाव बढी रहेको बुझ्न सकिन्छ ।
२०३० असोज २२ गते मोहनचन्द्र अधिकारी र केपी वलीबाट गिरफ्तार भए । अधिकारीले २०२८ सालमा काठमाडौँमा मनमोहन अधिकारी , निर्मल लामा, मोहनविक्रम सिंह, शम्भुरामसँग झापाको स्थितिको बारेमा छलफल गर्दा वामपन्थी दुस्साहस बताएका थिए । झापा विद्रोहको उठानमा मेची इन्चार्जको हैसियतमा रापताप दिएका मोहनचन्द्र अधिकारी संगठन विस्तार र वैचारिक राजनीतिक काममा पनि ध्यान दिनुपर्ने ठान्थे । तर त्यही कारणले सिपी र आरके मैनालीले दक्षिणपन्थी आरोप लगाउँथे । झापा विद्रोहका हस्तीहरूमध्ये ५ जनालाई २०२९ फागुन २१ मा झापाबाट इलाम जेल सार्ने वहानामा चुरेको घना जंगल सुखानीमा हत्या गरियो । मोहनचन्द्र र केपी वलीलाई झापालीहरूले विश्वास नगर्ने गरेको अर्को झापाली नेता गोविन्द न्यौपाने बताउँछन् । २०२९ फागुनमा नै वली र अधिकारीलाई दक्षिाणपन्थी भन्दै उनीहरूलाई झापा जिल्ला समितिबाट निष्कासन गरिएको थियो । २०२९ फागुनको जिल्ला अधिवेशनमा वलीलाई खबर नै गरिएन । सो सम्बन्धमा वलीद्वारा नवनिर्वाचित झापा जिल्ला सचिव सिपी मैनालीसँग जिज्ञासा राख्दा (सीएम चारु मजुमदार लेखक) लाइन नमान्ने भएकोले तपाईं र मोहनचन्द्रलाई समितिमा राखिएन) भनेका थिए । सिपी मैनालीले वलीलाई पार्टी सम्हाल्न नचाहेको, सुरक्षित क्षेत्रमा गएर बस्ने र पार्टी पंक्तिको बेवास्ता गरेको, विद्रोहको धार बदल्ने षड्यन्त्र गरेको, भाकपा (माले) सँगको सम्बन्ध भाड्ने षड्यन्त्र गरेको, आरोप लगाएका थिए । त्यसपछि वलीले विकल्पको खोजीमा माधव नेपालसँग सम्पर्क बढाएका थिए ।
झापा विद्रोहमा मारिएकाहरू

मिति नाम ठेगाना

२०२९ साउनमा रोगी अवस्थामा गिरफ्तार भएका चारु मजुमदार मारिइसकेका थिए । भाकपा (माले) ओरालो लागेको थियो । झापा विद्रोहले वैचारिक र संगठनात्मक चुनौती झेल्दै थियो । अर्कोतिर झापा विद्रोहको प्रभाव तराईमा सिरहासम्म र पहाडमा संखुावासभासम्म फैलिंदै थियो । २०३४ सालमा संखुवासभामा बासु शाक्यको नेतृत्वमा सामन्तवाद विरोधी संघर्ष बढ्दै थियो । चैत २३ गते सुदखोर , सामन्त, बन्दुक लिएर बस्ने गोपाल श्रेष्ठको सफाया भयो । भरियालाई सकुशल छोडिदिएकोे थियो । सो घटनाको समीक्षा गर्दै नेकपा (एमाले) को मुखपत्रमा (मुक्तिमोर्चा) मा भनिएको छ, (यो खत्तमद्वारा उनीहरूको हाम्रो देशको पहाडी क्षेत्रमा गुरिल्ला युद्ध सुरु गर्ने ऐतिहासिक र वीरतापूर्ण काम गरेका छन् । व्यापक जनताको मनोबल निकै बढेको छ भने प्रतिक्रियावादीहरूमा लालआतंक व्याप्त छ । काठमाडौँमा बसेर रजाइँ गर्ने शासकहरूसमेत यस कारबाहीबाट निकै गाउँ छोडेर सहरतिर भागाभाग गर्दैछन् (उही पृष्ठ ४०) । त्यसबेला निर्माण भएको (रेड गार्ड स्क्वायर) ले सो कारबाही गरेको थियो, जसलाई (किसान गुरिल्ला) भनिएको थिाये । व्यवस्थित सैन्यसंरचना र समरनीति बनेको दखिन्न ।
२०२६ सालतिर नै पूर्वकोशी प्रान्तीय समिति र झापा जिल्ला समितिको बीचमा अन्तर्संघर्ष चल्न थालेको थियो । गोपालकृष्ण प्रसाईं, द्रोणाचार्य क्षेत्री, मनमोहन अधिकारी, रुद्र खरेल, डिल्ली घिमिरे, मनिकुमार राई, भरतमोहन अधिकारी, दुर्गाप्रसाद अधिकारीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्छ भनेर १२ पृष्ठ लामो दस्तावेज नै प्रकाशित गरेका थिए । क्रान्तिकारी धारमा मदन खपांगी, राधाकृष्ण मैनाली, वीरेन राजवंशीसहित झापा जिल्ला समिति थिायो । यसले चारु मजुमदार लाइनलाई समर्थन गर्दै सशस्त्र कारबाहीमा गएको थियो । झापा विद्रोहले केशरजंग रायमाझी र तुलसीलाल अमात्य, मनमोहन अधिकारी हँुदै मोहनविक्रमसिंह र नेकपा (चौम) को छद्म संशोधनवादको विरुद्ध बज्रमुक्का प्रहार ग¥यो । यसले खुस्चेभपन्थीको धज्जी उडायो ।र माओ विचारधारलाई धारिलो पारेको थियो ।

हत्या तथा गिरफ्तारी

झापा विद्रोहको कारण प्रहरीले ५ सयभन्दा धेरैलाई गिरफ्तार गरेकोमा ९७ जनालाई ३ महिनादेखि ५ वर्षभन्दा बढी समय जेल सजाय दिइएको थियो । १० जनालाई ५ वर्षभन्दा बढीको जेल सजाय सुनाइएको थियो । १५ जनालाई जन्म कैद गरेको थिायो । ७ जनाको हत्या गरिएको थियो । झापासहित अन्य जिल्लामा मारिएकाहरूको तालिका तल दिइएको छ ।
झापा विद्रोहका सहिदहरू
क्र.स मिति नाम स्थान

विपक्ष दलहरूको प्रतिक्रिया

झापा विद्रोहले देशमा नयाँ तरंग ल्यायो । पञ्चायती व्यवस्थाले सुरुमा गम्भीरतापूर्वक लिएन । जब पूर्व रापंस तथा महासामन्त धर्मप्रसाद ढकाल मारिए, तब मात्र दमन तीव्र पा¥यो । नेपाली कांग्रेसका सभापति वीपी कोइरालाले, (उनीहरूको आ–आफ्नो सिद्धान्तप्रति जुन निष्ठा राख्दै आत्मबलिदान गरेका छन् । त्यसको राजनीतिक रूपबाट मूल्यांकन गर्नुपर्छ । हाम्रा तरुणहरूले झापाका नक्सलाइट भनिने वामपन्थी विद्रोही युवकहरूले जसरी आफ्नो सिद्धान्तप्रति निष्ठावान हुँदै आत्मबलिदान गरी निःस्वार्थ भावना देखाएका छन् । त्यसको अनुकरण गर्नुपर्छ । क्रान्ति गर्न निश्चय नै त्याग बलिदान चाहन्छ । (उही पृष्ठ ४८ र ४९) । नेकपाका संस्थापक नेता पुष्पलालले ( सामन्तवाद विरोधी संघर्ष भए पनि त्यसप्रकारको जिद्रोहले पञ्चायती व्यवस्था नढल्ने) बताएका थिए । मोहनविक्रम सिंह नारायणमान बिजुक्छे (रोहित) कोे धारणा सत्रुतापूर्ण थियो । एमबीले त (विदेशी खेल) सम्म भन्न पुगे । भरतमोहन अधिकारी र कमल कोइराला पार्टीका नेता भइसकेकै थिए, बेला झापा विद्रोहलाई (झापाली आतंककारीहरूलाई मुद्दा चलाई हदैसम्मको कारबाही गर्नुपर्ने) वक्तव्य दिएका थिए । उता मनमोहन अधिकारीले (कम्युनिस्टहरूको बद्नाम गराउन भारतीय र अमेरिकी जासुसहरूद्वारा झापा विद्रोहको नाममा घुसपैठ बढाई अनुचित फाइदा उठाउन षड्यन्त्र रचिरहेका त छैनन् ?) भनेका थिए । तत्कालीन राजा वीरेन्द्र २०२९ चैत १६ गते धनकुटामा (पूर्वीभेगतिर अमानवीय हिंसात्मक घटना घट्ने गरेको सुन्दा हामीलाई दुःख लाग्नु स्वाभाविकै हो) भनेका थिए । २०५४ सालमा प्रकाशित एक पुस्तकमा (सामान्यतः चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति, भारतको ऐतिहासिक नक्सलवाडी विद्रोहको प्रभावबाट प्रेरित भई झापाका विद्रोही युवकहरूको नेपाली संशोधनवादीहरूको भण्डाफोर गर्दै २०२८ सालमा नयाँ जनवादी सत्ताको नियमित सशस्त्र संघर्ष सुरुआत गरे । त्यो एउटा ऐतिहासिक विद्रोह थियो, जसले सत्ता र संघर्षको स्वरूपको प्रश्नमा माओवादी धारणा बुझ्न देशको सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई अभिप्रेरित ग¥यो, जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै झकझकाइदियो । झापा विद्रोहका क्रान्तिकारीहरूलाई माक्र्सवाद–लेनिनवाद–माओ त्से तुङ विचारधाराको आधारमा नौलो जनावादी क्रान्ति सम्पन्न गर्न गाउँबाट सहर घेर्ने, इलाकाको आधारमा सत्ता कब्जा गर्दै जाने, संघर्षको प्रधानस्वरूप सशस्त्र संघर्ष हुने र त्यो संघर्ष दीर्घकालीन जनयुद्ध हुने, संशोधनवादविरुद्ध निर्मम र निर्णायक संघर्ष गर्नुपर्नेजस्ता महत्वपूर्ण प्रश्नलाई स्पष्ट र जोडदार रूपमा उठाए । यसले गर्दा माओ विचारधारालाई समर्थन गर्ने तर छद्म संशोधनवादको नेतृत्वमा रहेका प्रत्येक समूहहरूमा अन्तर्संघर्ष विकास गर्न मद्दत ग¥यो, (नेपालमा जनयुद्ध, पृष्ठ १०) । सो दस्तावेज अझ अगाडि भन्छ, (तर मूल पक्ष सही रहेर पनि त्यसले जनयुद्धको रूपमा विकास गर्न सकेन । जनयुद्धको सिद्धान्तलाई आत्मसात् गर्न नसकी चारुको यान्त्रिक अन्धानुकरणको भासमा पा¥यो । पहिले, त्यसले जनयुद्धको पूरकको रूपमा रहने जन संगठन, जनसंघर्षलगायत गतिविधिलाई गोरिल्ला संगठन, गोरिल्ला युद्धको सेवामा लगाउन सकेन, जसले गर्दा प्रतिक्रियावादी दमनका अगाडि त्यो आसय बन्दै गयो । पछि नेतृत्वको यान्त्रिक एवम् निम्न पुँजीवादी चिन्तनका चिन्तनका कारणले त्यो क्रमशः दक्षिण्पन्थी अवसरवादी भासमा फस्दै गयो, (उही, पृष्ठ १०) । झापाली विद्रोहीहरूले बन्दुक कमजोर हातले समातेका थिए । समस्याको समाधान हझा द¥होसँग समात्नुमा हुन्थ्यो । पेरिस कम्युनको मूल्यांकनमा कार्ल माक्र्सले भन्नुभएको थियो ।

झापा विद्रोह ध्रुवीकरणतिर

२०३१ जेठ १४ गते नेकपा झापा र क्रान्तिकारी कम्युनिस्ट संगठनको बीचमा एकभई अघि बढ्न अपील प्रकाशित भयो । त्यसकारण शर्तहरू थिए ः
१) अध्यक्ष माओलाई विश्वक्रान्तिका प्राधिकार मान्ने र माओ त्से तुङ विचारधारालाई वर्तमान समयको माक्र्सवाद–लेनिनवादको सर्वोच्च भनी ग्रहण गर्ने तथा त्यसलाई निःर्शत रूपले हाम्रो देशको क्रान्तिको ठोस व्यवहारमा लगाउन स्वीकार गर्ने ।
२) नेपालको हरेक क्षेत्रमा जबर्जस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ भनेर मान्ने ।
३) स्थानीय रूपमा सत्ता कब्जा गर्ने संघर्षको राजनीतिलाई स्वीकार गर्ने ।
४ ) गुरिल्ला पद्धतिले मात्र हामीहरू संघर्ष उठाउन र विकास गर्न सक्छौँ र त्यो गुरिल्ला संघर्ष श्रद्धेय नेता चारु मजुमदारको वर्गसत्रु खत्तम अभियानको महान् लाइनद्वारा मात्र सुरु गर्न सकिन्छ भनी स्वीकार गर्ने ।
२०३२ जेठ १४ र १५ गते मोरङमा भएको भेलाले (अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको अर्डिनेसन केन्द्र (माक्र्सवाद–लेनिनवादी) नामको नयाँ पार्टी गठन ग¥यो । त्यसलाई छोटकरीमा (को–अर्डिनेसन केन्द्र) ‘कोके’ भनिन थाल्यो । त्यसका संस्थापक महासचिव सीपी मैनाली भए । इलाममा स्थापित नेता झलनाथ खनाल २०३० सालसम्म झापाली र पूर्वकोशी धारको बीचमा थिए । त्यसपछि झापालीतिर ढल्किए ।
कोके गठनको सन्दर्भमा भाकपा (माले) को मुखपत्रमा (दुरगामी महत्वको घटना) शीर्षकमा भनेको थियो, (हाम्रा बन्धु नेपाली कमरेडहरूलाई उहाँहरूको यस निर्णायक कदममा … उत्साहपूर्ण स्वागत गर्दछौँ । सम्पूर्ण रूपले जनयुद्ध चलाएर हामी नेपाली कमरेडहरू तथा जनताका काँधमा काँधमा दुस्मनहरूलाई ध्वस्त गर्नेछौँ, (लिबरेसन, अंक ४, संख्या ८, सन् १९७५) ।
२०३२ फागुन चैतमा झलनाथ कावा सचिव बनाएको बेला मनीलाल राईले चारु मजुमदार लाइन र झापाली शैलीको जेलबाट ( दक्षिणपन्थी पथभ्रष्ट हावा) भदौमा शिवराज आश्रित नेतृत्वको (मुक्तिमोर्चा) कोके समूहमा विलय भयो ।

झापाली लाइन परित्याग

२०३५ साउनमा धनुषा, केचरीमा कोके समूहको तेस्रो राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनमा सिपी मैनाली, मदन भण्डारी, बाबु शाक्यसहित २५ जनाको उपस्थिति थियो । सम्मेलनले भाकपा (माले) का प्रतिनिधि भई कार्यरत रामचन्द्र यादव र मनीलाल राईका दक्षिणपन्थी विचारहरूको खण्डन ग¥यो । त्यसले चारु मजुमदार बाड्न औपचारिक रूपमा परित्याग ग¥यो । झापा विद्रोहका सकारात्मक पक्षहरू पनि छोडियो । जनसंगठन बनाउने, जनआन्दोलन गर्ने, कम्युनिस्ट आन्दोलनको लचिलो मूल्यांकन गर्नेजस्ता राईका विचारलाई पनि दक्षिणपन्थी भन्दै अस्वीकार ग¥यो, जसको मूल नेतृत्वमा सिपी मैनाली नै आए । विराटनगर जुटमिलका मजदुर तर भारतीय नागरिक रामचन्द्र यादव चारु मजुमदारका कट्टर समर्थक थिए । कोके समूहले क्रान्तिकारी लाइन छोड्दै गएपछि मतभेद बढ्दै गयो । २०३५ साउनमा सम्मेलनले यादवलाई निष्काशन ग¥यो । यादवले कोके समूह दक्षिणपन्थी दिशामा लागेको आरोप सार्वजनिक गरे । कोके समूहलाई औपचारिक रूपमा भित्रैबाट दक्षिणपन्थी भन्ने यादव पहिलो नेता थिए । उनीसँगै अशेश्वर यादव पनि कारबाहीमा परेका थिए ।
२०३५ पुस ११ गते पार्टी स्थापना सम्मेलन भएको थियो । सो सम्मेलन झापाली धार र संसदीय धारका बीचको संक्रमणकालजस्तो थियो । त्यसले नेत्रलाल अभागी नेतृत्वको दाङ जिल्लामा क्रियाशील ‘सन्देश समूह’ र वासु शाक्यद्वारा नेतृत्व गरेको ‘पूर्वको रातो झन्डा’ समूहलाई समाहित गराउन भने सकेन ।
पुष्पलाल समूहबाट अलग भएको ‘मुक्ति मोर्चा’ समूहमा जीवराज आश्रित, वामदेव गौतम, मदन भण्डारी, मोदनाथ प्रश्रित, सिद्धिलाल ज्ञवाली, देवेन्द्र घिमिरेलगायत थिए । सो समूहको मुखपत्र ‘मुक्तिमोर्चा’ को अंक ५ मा पुष्पलाललाई ‘विगत लामो समयदेखि नेकपा तथा चिन्तनभित्र विवादास्पद रही आएका पुष्पलाल श्रेष्ठ आचरण, व्यवहार, समझ र तथ्यको सम्पूर्णतामा नवसंशोधनवादी दलाल पुँजीपतिवर्गका सहचर, सामन्तवादका गुप्त बन्धु, विस्तारवाद शुभेच्छु, सामाजिक साम्राज्यवादका अनुयायी, माओविचार धाराका सत्रु, सशस्त्र कृषि क्रान्तिका विरोधी र पार्टी एकताका कट्टर दुश्मन हुन् भन्ने कुरा टुंगो लागेको छ । यो पार्टीको आजसम्मको त्याग, तपस्या र बलिदानद्वारा रगत पसिना बगाएर पाइएको शिक्षा हो ।
२०३५ पुस ११ गते नेकपा (माले) को नाममा झापाली धार प्रकट हुँदा मुक्ति मोर्चा समूह त्यसमा विलय भइसकेको थियो । २०३५ सालसम्म वर्गसंघर्षमा केन्द्रित झापाली समूह नेकपा (माले) बनेपछि वर्गसंघर्ष छोड्दै, वर्ग संघर्षको विचार छोड्दै जनसंघर्षतिर एकोहोरियो । त्यसपछि त्यसले निम्न–पुँजीपति वर्ग र मध्यम–वर्गमा फैलने र तल्लो तह छोड्दै गयो । जब त्यसले ‘माओविचार स्थगन’ गर्ने निर्णय ग¥यो र २०४३ को पञ्चायती चुनावमा भाग लियो, त्यसपछि त्यो समूह सदाको लागि संसदीय भासमा डुब्दै गयो ।

माले समूहको वैचारिक पतन

२०४६ सालमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भयो । त्यसले नै भारतलाई विस्तारवाद भन्न छोडेर साम्राज्यवाद परस्त भयो । त्यसैगरी कांग्रेसलाई सामन्त र दलाल पुँजीपतिवर्गको प्रतिनिधि पार्टी भन्न छोड्यो । त्यही अधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट ‘माओ विचारधारा’ हटायो । त्यसपछि माले समूह विधिवत रूपले ख्रश्चेब गुटमा पतन भयो । २०४६ भाद्रमा सिरहा भएको अधिवेशनमा मेची अञ्चलका सबै प्रतिनिधि ‘माओ विचारधारा’ मान्नुपर्ने अडानमा थिए । त्यस विषयमा मतदान हुँदा पराजित भए । वैचारिक मामिलालाई टाउको गणना गरेर ठीक र बेठीक ठहर गरियो ।
२०४७ पुस ११ गते माले र माक्र्सवादी समूहबीच पार्टी एकता भई एमाले बन्यो । २०४९ सालमा नेकपा (एमाले) को पाँचाँै महाधिवेशन भयो । त्यसले ‘जनताको बहुदलीय जनवाद’ राजनीतिक कार्यक्रम पारित ग¥यो । बहुदलीय जनवाद एउटा पुँजीवादी (दलाल पुँजीवादी) कार्यक्रम थियो । जसको आलोकमा महाकाली सम्झौताजस्ता राष्ट्रघात भए । राजा ज्ञानेन्द्रको पाउमा मोहर चढाउन पु¥यायो । आज त्यसले अरुण नदी भारतलाई सुम्पेको छ । यो एउटा सामाजिक दलाल पुँजीवादी पार्टीको रूपमा सत्तारुढ छ । विडम्बना ! झापा विद्रोहको धार आज दलाल पुँजीपतिवर्गको प्रतिनिधि बनेर राष्ट्रघात र जनदमनमा उत्रिएको छ । यस्तो कुरूप बनेको छ, झापा विद्रोहको बदलिएको अनुहार !

२०७५ जेठ ११ गते शुक्रबार दिउँसो २ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :