भारतका ६ वटा राज्यमा माओवादीको बन्द

काठमाडाैं  : सरकारले निशस्त्र स्थानीय ३ दर्जन बढि जनता र माओवादी कार्यकर्ताको हत्या गरेको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले राज्य बन्दको घोषणा गरेको छ । भाकपा(माओवादी)को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोले मे २५ तारिख अर्थात जेठ ११ गते शुक्रबार त्यहाँका ६ वटा राज्य मध्यप्रदेश, आन्ध्र, ओडिसा, महाराष्ट्र, छत्तिसगढ र तेलङ्गना बन्दको घोषणा गरेको हाे । भाकपा (माओवादी) ले  अप्रिल २२ र २३ काे घटना योजनाबद्ध किसिमले गरिएको नरसंहार भएको बताएको छ । एक महिनाअघि भारतको महाराष्ट्र राज्यको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा सरकारीपक्षबाट माओवादी कार्यकर्ता र स्थानीय जनता गरी कम्तीमा ४० जना मारिएका थिए । सरकारले दोहोरो मुडभेडमा ति ब्यक्ति मारिएको बताएपनि माओवादीले भने योजनाबद्ध भएको नरसंहार भन्दै बन्द लगायत विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको छ । भारतमा सरकारले ग्रिनहान्ट अप्रेशनमा नाममा त्यहाँका माओवादी र उसका समर्थकमाथि दमन गरिरहेको छ ।

२०७५ जेठ १० बिहीबार दिउसो ३ : २० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :