मजदुर अध्यक्ष झाक्री सहित ७ जना रिहा

काठमाडौं : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्री सहित ७ जना रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा सोमबार दिउसो उनीहरु काठमाडौंबाट रिहा भएका हुन् । उनीहरुलाई वैशाख २५ गते प्रहरीले पक्राउ गरेको थियो । बैशाख १७ र १८ गते पोखरामा सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न काठमाडौंको अनामनगरमा रहेको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले  ११ जनालार्इ पक्राउ गरेको थियाे ।  उनीहरूलार्इ  प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पुर्वसन्ध्यामा सुरक्षाको कारण देखाउदै पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । तर ३५ दिनभित्र थुनामा राखेर अनुसन्धन गर्न आदेश दिदा म्याद थप गर्नुपर्ने कारण नदेखिएपछि अदालतले रिहाईको आदेश दिएको होे । न्यायधीस ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले म्याद थप गरी थुनामा राख्नु गैर कानुनी भएको ठहर गर्दै तत्काल रिहाइको आदेश गरेपछि प्रहरी थुनामा रहेका नेकपा संवद्ध ७ जना सवै रिहा भएका हुन् । बन्दीहरुको तर्फबाट बरिष्ठ अधिबक्ताहरू   एकराज भन्डारी, कपीलचन्द्र पोख्रेल, डा.पुण्यप्रसाद खतिवडा , अधिवक्ता कान्ती ढुंगानाले बहस गरेका थिए ।

२०७५ जेठ ७ गते सोमबार बेलुका ६ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :