बेपत्ता योद्धाहरुको सम्झना गर्दै नेकपा

 

 

काठमाडौं : जेष्ठ ७ गते अर्थात सोमबार बेपत्ता योद्धा दिवस हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केही वर्ष देखि बेपत्ता योद्धाहरुप्रति सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ । आज पनि यो दिवसको सम्झनामा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । तत्कालीन नेकपा(माओवादी) जनयुद्धको बेला सरकारले करिब २ हजार ब्यक्तिलाई बेपत्ता बनाएको थियो । आजसम्म पनि उनीहरुको अवस्था अज्ञात छ । देशमा शान्ति प्रक्रिया शुरु भएको र गणतन्त्र घोषणा गरिएको एक दशक वितिसक्दा पनि बेपत्ता नागरिकहरुको अवस्था सार्वजनिक हुन सकेको छैन । तत्कालीन जनयुद्धका नायक मानिएका प्रचण्ड बाबुराम सत्तामा पुगेपनि बेपत्ता योद्धाहरुको अवस्थाको बारेमा केही काम नगरेको बेपत्ता योद्धाहरुका परिवारहरुको भनाई छ । प्रचण्ड बाबुराम संसदवादमा पतन भएपनि विप्लव नेतृत्वको नेकपाले भने एकीकृत जनक्रान्तिको बाटोबाट सहिद, बेपत्ता, घाइते अपाङग योद्धाहरुको सपना पुरा गरेरै छोड्ने बताएको छ । बेपत्ता योद्धाहरुको खोजी कार्यमा दवाव दिन एउटा बेपत्ता योद्धा समाजले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

२०७५ ७ गते सोमबार दिउँसो ४ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :