अदालतको आदेश लत्याउदै सरकार / मजदुर अध्यक्ष झाक्री रिहा लगत्तै पक्राउ

काठमाडौं :  सर्वाेच्च अदालतको आदेशमा रिहा भएका नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्रीलाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ । पक्राउ पश्चात झाक्रीलाई उनको गृह जिल्ला रोल्पा लिने तयारी भैरहेको छ । सोमबार अर्थात वैशाख ७ गते सर्वाेच्च अदालतको आदेशमा रिहा हुन वित्तिकै थप सोधपुछको लागि भन्दै प्रहरीले झाक्रीलाई पुनः पक्राउ गरेको हो । झाक्रीसँगै पक्राउ परेका सो संगठनका अन्य ६ जना भने अदालतबाट रिहा भएका छन् । वैशाख १८ र १९ गते पोखरामा सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न काठमाडौंको अनामनगरमा रहेको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेकोबेला प्रहरीले सो संगठनका नेताहरुलाई पक्राउ गरेको हो । प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पुर्वसन्ध्यामा सुरक्षाको कारण देखाउदै पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । सोमवार न्यायधीसद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले म्याद थप गरी थुनामा राख्नु गैर कानुनी भएको ठहर गर्दै तत्काल रिहाइको आदेश गरेपछि प्रहरी थुनामा रहेका नेकपा संवद्ध ७ जना सवै रिहा भएका थिए । बन्दीहरुको तर्फबाट बरिष्ठ अधिबक्ता एकराज भन्डारी, अधिबक्ताहरु कपीलचन्द्र पोख्रेल, डा पुण्यप्रसाद खतिवडा र कान्ती ढुंगानाले बहस गरेका थिए । तर सर्वोच्चको आदेशको समेत अपमान हुनेगरी प्रहरीले अदालत परिसरबाटै मजदुर नेता झाक्रीलाई पक्राउ गरेको छ ।

२०७५ जेठ ८ गते मंगलबार बिहान ९ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :