ओलीका प्रचारकद्वारा वृद्धभत्तामा भ्रष्टाचार

दमक : प्रधानमन्त्री ओलीका चुनाव प्रचारका हर्ताकर्ता झापा दमक नगरपालिका निवासी परशुराम तिमल्सिनाले स्थानीय असहाय वृद्धाको ४ महिनाको वृद्धभत्ता झ्वाम पारेका हुन् । कमलगापा २ (साविक तोपगाछी) देवीचौर निवासी फूलमाया तामाङको चार महिनाको वृद्धभत्ता (जेष्ठ नागरिक भत्ता) र एकलमहिला भत्ता किर्ते कागज र नक्कली सहीछाप गरी हिनामिना गरेका हुन् । तिमिल्सनाले कैयौं सोझा किसानले मालपोत तिरेको एकतर्फी रसिद काट्ने (कार्बन प्रति) नराखी रसिद काट्ने र निस्सा नराख्ने) गरेर ८ वर्षदेखि दोहोरो मालपोत असुल गर्न बाध्य पार्दै आएको रहस्य खुलेको छ । उनले रमादेवी नामकी अर्की जेष्ठ महिलाको पनि भत्ता हिनामिला गरेका हुन् । रमादेवीले स्थानीयसँग गुहार माग्दा एमाले नामका स्थानीय गुण्डाहरू जम्मा गरेर धम्क्याएका थिए । दमक नपा, क्याम्पाबजारमा तीनतले घर भएका तिमल्सिनाको आयस्रोत र अकूत सम्पत्तिको स्रोत पनि विवादास्पद रहेको छ । तिमल्सिना दमक नपाका खरिदार पदका कर्मचारी तथा एमालेका सक्रिय कार्यकर्ता हुन् । उनको घरमा गएको निर्वाचनमा ओलीको चुनाव प्रचार कार्यालय थियो । तिमल्सिनाकै कार्यलयका एकजना कर्मचारीले तिमल्सिनाले गल्ती स्वीकार गरेको बताएका छन् । तिमल्सिनाको भ्रष्टाचार छोप्ने एमाले प्रयासप्रति स्थानीय जनता भने आक्रोशित भएका छन् ।
२०७५ जेठ ६ गते आइतबार अपरान्ह ३ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :