जीवनका पाइलाहरू : एक – चित्रबहादुर आले

 

बाल्यकाल

जन्म २००८ साल पुस २० गते बटेश्वर ५ मा बुबा तिलकबहादुर आले र आमा सुर्वणमाया आलेको कोखबाट भएको छ । उहाँको बाल्यकाल बटेश्वरमै बित्यो । आलेको परिवार २०२३ सालमा सर्लाही बरहथवा २ (साविक हजारिया २) मा बसाइँ स¥यो । २०१९ सालमा भएको तेश्रो महाधिवेशनको धारा नफुट्दै उहाँका बुबा र दमालीहरू मोफसलको किसान आन्दोलनमा सहभागी थिए । पाण्डवराज घिमिरे टिकाराम घिमिरे नन्दलाल सुस्लिङ मगर उहाँका साथीहरू राजनीतिक सहकर्मी थिए ।

२०२७ सालमा जयगोविन्द शाहले पार्टी सदस्यता दिएका थिए । नेकपा पूर्व प्रान्तीय समितिको सदस्यता दिएका थिए । नेकपा पूर्व प्रान्तीय समितिको सदस्यता दिएका थिए । उसबेला अर्थात् २०१२ सालमा प्रतिबन्ध हटेको नेकपामाथि २०१६ सालमा फेरि प्रतिबन्ध लाग्यो । उहाँका पुर्खाहरू ओखलढुुङ्गाबाट बसाइँ सरेर धनुषाको जंगल फाडेर बसेका थिए । २०२३ सालमा सर्लाही बटेश्वर ८ मा आएपछि गोरैता माध्यामिक विद्यालयमा अध्ययन गर्दै विद्यार्थी संगठनमा बसेर विद्यार्थी र किसान संगठनमा काममा सहभागी हुँदै जानुभयो । आन्दोलनमा रातदिन खट्नुपर्ने र पञ्चायती जासुससँग लुक्दै हिंड्नुपर्ने र गिरफ्तार भइने कारणले औपचारिक अध्ययनलाई जारी राख्न सक्नुभएन । २०२५ सालमा आलेको विवाह नरबहादुर थापा र नरीमाया थापाकी छोरी गजुमाया आलेसँग भयो । बटेश्वरमा उसबेला निम्न माध्यामिक विद्यालय मात्र थियो । आले मेधावी विद्यार्थी हुनुहुन्थ्यो । कक्षा७ सम्म उहाँ सोही विद्यालयको पहिलो विद्यार्थी हुनुहुन्थ्यो तर निमावि नचलेको हुनाले अनेत्र जानुपर्ने भयो । उता घरमा अभिभावकहरू अक्षर चिनेपछि भइहाल्यो, खेतीपातीमा लागून् भन्ने सोचे । शैक्षिक वातावरण गाउँमा थिएन । त्यसपछि बसाइँ सर्नुको पीडा छँदै थियो । उहाँको परिवार पढेलेखेको थिएन । थप अध्ययनका लागि आर्थिक जोहो पनि भएन । उहाँ थप अध्ययन गर्न चाहनुहुन्थ्यो । थप अध्ययन गर्न नपाएपछि मन दुख्यो । उहाँका ६ जना दिदीबहिनी छन् । गजुमाया र आलेको बीचमा अभिभावकहरूले गर्भे विवाह गरिदिएका थिए ।

चित्रबहादर आले बाल्यकालदेखि नै जिज्ञासु र विद्रोही स्वभावको हुनुहुन्थ्यो । त्यस समयका औसत किसानका छोराछोरीझैँै उहाँको बाल्यकाल विद्यालय, खेतखलियान, गोठालो, गर्दै बित्यो । हुर्किंदै गएपछि त्यसबेलाको किसान जनसंघर्षले प्रभाव पार्न थाल्यो । एकातिर निर्मम, पीडादायी सामन्ती थिचोमिचो र अर्कोतिर पञ्चायती व्यवस्थारूपी कालरात्रीको विरुद्धमा उन्मुक्तिको चाहनाले आलेलाई राजनीतिक जीवनतर्फ धकेल्दै लग्यो । विद्यालय पढ्दापढ्दै उहाँले सम्पूर्ण जीवन देश र जनतको लागि खर्चिनुभयो ।

राजनीतिक जीवन सुरु

तीसको दशकमा तिलकमान लो, कृष्णकुमार लामा, नारायण खपाङ्गीहरू स्थानीय नेताका रूपमा चर्चामा थिए । जनगोविन्द शाहको कार्यक्षेत्र भएको त्यो इलाकामा उनीहरूबाट किशोर आलेले पे्ररणा प्राप्त गर्नुभयो । त्यसबेला मध्य–तराईका जिल्लाहरूमा मोही आन्दोलन, ज्याला बढाउने संघर्ष, जाली तमकसुक च्यात्ने संघर्ष, जाली फटाह विरोधी संघर्ष चलिरहेका थिए । २०२८ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने उद्देश्यले केन्द्रीय न्युक्यिस गठन भयो । त्यसैको सक्रियतामा २०३१ सालमा बनारसमा नेकपाको चौथो महाधिवेशन भएको थियो । सो महासधिवेशनमा सर्लाहीबाट कृष्णकुमार लामा, प्रतिनिधि तिलकमान लो, पर्यवेक्षक भएर प्रतिनिधित्व गरेका थिए ।

२०२८ सालमा आले नेकपा सर्लाही जिल्लाको सदस्य हुनुभयो । चौथो महाधिवेशनअगाडि मुर्तियाको घना जंगलभित्र जिल्ला अधिवेशन भएको थियो । अधिवेशनले ९ सदस्यीय जिल्ला समिति र कृष्णकुमार लामालाई सचिव चयन ग¥यो । २०२८ सालपछि विनोद घिमिरे झापाली समूहतिर लागेका थिए । उनले आलेलाई झापाली समूहतिर लाग्न आलेलाई निकै मिहिनेत गरे । तर उहाँ नेकपा चौम समूहमा नै क्रियाशील हुनुभयो । २०३२÷२०३३ सालदेखि नै आले र घिमिरे दौतरी रहँदै आएका हुन् । २०३४ सालमा सर्लाहीमा ठूलो खडेरी भयो । त्यसबेला सामन्तको भकारी भरिने, जनता भोकमरीले .मर्ने भएपछि नेकपा चौम बाग्मती नाराणी ब्युरो प्रमुख जनगोविन्द शाह दबाबमा परे । २०३४–३६ को बीचमा त्यो क्षेत्रमा भकारी फोर्ने संघर्ष र सामन्तलाई कुटपिट गर्ने, कालोमोसो दल्ने संघर्ष भए । सिन्धुलीका रघुनाथ कोइराला, महोत्तरीका नन्दलाल सुस्लिङ, धुनषाका कृष्णचरण श्रेष्ठ, सर्लाहीका प्रकाशबहादुर सिहं (सर्लाही सर्वोच्च अदालतको न्यायाधीशसमेत रहेका सिंहको भकारी फोरेर अन्न बाँडिएको) कारबाहीमा परेका थिए ।

चित्रबहादुर आलेलाई राजनीतिमा पूर्णकालीन कार्यकर्ता ऋषि देवकोटा ‘आजाद’ ले बनाएका हुन् । २०३६ सालसम्म आजाद सो क्षेत्रमा प्रमुख थिए । आलेमा आजादप्रति गहिरो आस्था र सम्मान भाव देखिन्छ । जीवनको उत्तराद्र्धसम्म (आजादको) उनीहरूसँगै काम गरेका थिए । आजाद कसैले नहिंडेको बाटो हिंडन चाहन्थे, डर–त्रास थिएन । बलिदानी भावना थियो । मलाई बलिदान गर्ने पे्ररणा उनले दिएका हुन् । आजाद सच्चा क्रान्तिकारी थिए, आले भन्नुहुन्छ । जयगोविन्द शाहको नेतृत्वमा आजाद र आलेले कैयांै संघर्षको नेतृत्व गरे ।

क. रघुनाथ काण्ड

सिन्धुलीमा रघुनाथ कोइरालाका नामका सामन्त र फटाहा थिए । पार्टीले उनलाई कुटपिट गर्ने निर्णय गरेको थियो । लडाकु टोली बनाइयो, जसमा रसबहादुर कार्की, दलबहादुर रजन मगर दुर्गा सुवेदी थिए । कार्की टोली प्रमुख थिए । निर्णय प्रक्रियामा गौरव, आजाद, हरिबोल, दुर्गा सबैजना थिए । त्यसबेला ब्युरो इन्चार्ज आजाद र सेक्रेटरी आले थिए । त्यसबेला गौरव कमला माविमा शिक्षण पेसामा थिए । घटनापछि गौरव पक्राउ परे । पक्राउ पर्नेहरूले पोल खोलेको हुनाले गौरव पनि गिरफ्तार भए । उनी सिन्धुली जिल्ला इन्चार्ज थिए ।

कोइरालालाई मार्ने योजना नभएर कुटपिट गरेर छोड्ने पार्टीको योजना थियो । कोइरालाको मुत्यु भएपछि सबैजना भूमिगत भए । २०३४ सालमा पूर्णतः भूमिगत हुनुभयो । पार्टीमा सक्रिय भए पनि धेरैले चिनेका थिएनन् । सर्लाहीको भकारीफोर संघर्षपछि नै उहाँ भूमिगत हुनुभएको थियो । त्यसबेला सूर्यनाथ यादव, जयगोविन्द शाह, ऋषि देवकोटा ‘आजाद’, काजीलाल वाइवा, बिन्नुलाल वाइवा, चित्रबहादुर आले, ईश्वरीप्रसाद दाहाल र अमृत ठकुरीलाई झुट्टा मुद्दा लगाइएको थियो । भीष्म खड्का, बाबुराम राणा, सिपी गजुरेललगायतले १५ जनालाई २ देखि अढाई वर्षसम्म जेल, कठोर यातना, डाँका मुद्दा खेपेका थिए । हजारिया पञ्चायतका प्रधानपञ्च दिवाकर केसी थिए । हामी सामन्तको भकारी फोरेर धान गरिबलाई बाँडेर फर्केका थियौँ, सामन्तको रक्षार्थ प्रहरी आउँदै थियो । केसीले म यही व्यवस्थाको प्रतिनिधि हँु, गिरफ्तार भए पनि छुटिहाल्छु तिमी भाग आलेलाई भनेका थिए । त्यति कुरा हुँदाहँुदै प्रहरी आले बसेको घरमा पुगिहाल्यो । आलेलाई नवाराज पोख्रेलको साथमा कतै पठाए । प्रहरीले नभन्दै केसीलाई गिरफ्तार ग¥यो ।

ख) नन्दलाल काण्ड

नन्दलाल सुस्सिङ अत्याचारी प्रधानपञ्च थिए । माही र सुकुमबासी जनतामाथि उसले ज्यादती गरेको थियो । ऊ पञ्च भए पनि नेकपाको मानन्धर समूहमा संगठित थियो । उसको विरुद्ध पीडित जनताले महोत्तरीमा उजुरी गरेका थिए ।
सो कारबाहीको नेतृत्व भीष्मबहादुर खड्काले गरेका थिए । उसलाई ५ जनाको टोलीले बाटो ढुकेर पिटेका थिए । वर्षौंदेखिको रिस र अत्याचार सहेका कजना आक्रोशमा आएर ठूलो ढुंगााले टाउकोमा बजाएछन् । उसको घटनास्थलमै मृत्यु भयो ।

सो संघर्षको योजनाकार आजाद थिए । आजादले सशस्त्र संघर्ष गर्नुपर्छ, बन्दुक उठाउनुपर्छ भेनर प्रेरित गरिरहन्थे । सैन्य तालिमको आयोजना भइरहन्थ्यो । तत्कालीन ब्युरो सदस्य प्रेमबहादुर राणाको घरमा छापा मार्न सेना पुग्यो । राणालाई जनताले खोसेर लगे, सेनाले जंगलमा गोली चलायो । अग्निरेखामा गोली चलाउँदा प्रेमबहादुरका भतिज कृष्णबहादुर रानालाई गोली लाग्यो । उनको घटनास्थलमै सहादत भयो । सेनाले मृतकको लास लिन खोजेको थियो तर जनताले सेनालाई लास लिन दिएनन् । शाही सेनाले महिलाहरूलाई संगीनले घोच्यो । प्रहरी भीष्मबहादुर खड्कालाई गिरफ्तार गरेर लगेको थियो । धनुषा, जमुनीवास पुगेपछि (रातुखोला पारि) जनताले प्रहरीको वाहन घेरा हालेर खड्कालाई खोसेर घण्टांैसम्म एकातिर पञ्चायती सेना प्रहरी र जासुस अर्कोतिर निहत्था जनता रक्तपातपूर्ण संघर्षमा डटे । जनताको जित भयो । यस्तो निहत्था जनताको बलिदान हेरेर त्यसलाई उठाउन पार्टीलाई फौजीकरण गर्नुपर्छ भन्ने धारणा कमरेड आजादको हुन्थ्यो तर पार्टी नेतृत्व त्यसको लागि तयार थिएन ।

ग) गहभरि आँसु

ऋषि देवकोटाले तराईमा सामन्त विरोधी संघर्ष तीव्र पारेका थिए । त्यसलाई उत्कर्षमा लैजान हतियार जम्मा गर्ने तालिम दिने गर्थे । तर नेताहरू सशस्त्र संघर्षको तयारीमा थिएनन् । त्यसकारण क. आजाद र माथिल्लो तहका नेताहरूको बीचमा अविश्वास बढिरहेको थियो । क. आजादले महोत्तरी भब्सी (चुरेको फेदी) मा तालिम गर्दा चलाएको गोलीको आवाज सुनेर चेरुमाई स्थानमा प्रहरी पुग्यो । नेकपा (चौम) का नेताहरू मोहनविक्रम, निर्मल लामा र जयगोविन्द शाहले क्रान्ति गर्दैनन् भनेर कमरेड आजादले बारम्बार भनिरहन्थे । क. आजाद र क. आले युवा सहकर्मी र क्रान्तिकारी भावाना मिलेका सहयोद्धा थिए । आलेप्रति क. आजादको ठूलो भरोसा थियो । मध्य–तराईलाई जुरुक्क उठाउने आजाद हो । आलेले साथ दिन्छ भन्ने ठान्नुभएको थियो । मैले पनि सबै हेरेर क. आजादलाई साथ दिन सकिनँ । चितवन सौराहस्थित एक होेटेलको छलफललमा २०७४ माघमा क. आलेले भन्नुभएको थियो । त्यसो भनिरहँदा आलेको बोली अवरुद्ध भएको थियो र गहभरि आँसु टिलपिल गर्दै थियो । मैले कमरेड आजादलाई आदर्श ठान्थँे तर साथ भने दिइनँ । आदर्श ठान्ने र साथ नदिने मेरो भूमिका वैचारिक रूपमा सही भयो कि भएन प्रश्न उठिरहन्छ, क. आले थप भन्नुहुन्छ ।

क. आलेसँग तराईका स्थापित नेता जयगोविन्द शाहको विषयमा थुपै्र सम्झना छन् । शाहको २०४५ सालमा भारत विहार जयनगरमा देहान्त भयो । पञ्चायती व्यवस्थाले शाहको शव नेपालमा ल्याउन पनि दिएन । जनताका नेता शाहको जयनगरमा नै अत्येष्टि गरियो ।

घ) भ्यागुताको माला कालोमोसो काण्ड

सिराहा, गोलबजारमा दिपक लामा नामका अत्याचारी थिए । उनलाई जनताले भ्यागुताको माला र कालोमोसो लगाएर गाउँ घुमाए । महोत्तरीमा पनि त्यसप्रकारका जनसंघर्षहरू भएका थिए । सो संघर्षको प्रमुख वीरबहादुर लामा (गोलबजार, तितरिया) थिए । कूलबहादुर रमौली ६ वर्ष जेल बसेर छुटे । फटाहालाई पिट्न भनेर पठाइएको थियो तर उसको मृत्यु भएछ । त्यसप्रकारका घटनाहरू भइरहेका थिए । प्रतिरोध र दमन उत्कर्षमा थियो । सयाँै जनसंघर्षले फौजीकरणको माग गरिरहेका थिए तर त्यसप्रकारले सोच्ने नेताहरूमा क. आजाद एक्लै थिए ।

पार्टी अन्तरसंघर्ष र जनकपुरसभा

मध्य–तराईमा जनआक्रोश उत्कर्षमा थियो । पञ्चायती व्यवस्थाको दमन त्यस्तै थियो । जनसंघर्षहरू सयाँै भएका थिए । जनसंघर्षमा सयौँ हजाराँै नरनारीको सहभागिता हुन्थ्यो । क. आजाद जनसंघर्षहरूलाई गुणात्मक रूपले उठाउनुपर्छ भन्नेमा थिए तर मुख्य नेताहरूले निरन्तरतामा मात्र सोच्दथे । जनसंघर्षलाई सशस्त्र संघर्षमा उठाउने सोचमा नेताहरू थिएनन् । क. आजाद र उनका समकालीन नेताहरूबीचको अन्तरविरोधको चुरो नै त्यही थियो । मोहनविक्रम र निर्मल लामामा पछिसम्म त्यही जनसंघर्षको निरन्तरताको सोच थियो । त्यही चिन्तनले क. आजादलाई उग्रवादी देखे । झापा विद्रोहलाई उग्रवादी देखे र जनयुद्धलाई उग्रवादी देख्न पुगे, क. आले भन्नुहुन्छ । मध्य–तराईको जनसंघर्षमाथि भएको दमनलाई शसस्त्र प्रतिरोध गर्नुपर्नेमा गलत निष्कर्ष गरियो । जनधार, जनप्रतिरोध, जनसंघर्ष थियो तर किन उठेन ? झापालीहरूले तत्कालीन चौमलाई छद्म संशोधनवाद भन्नु सही नै रहेछ, क. आले भन्नुहुन्छ । जलजला काण्डपछि मोहनविक्रम सिंहलाई महामन्त्री पदबाट हटाएर निर्मल लामालाई नेतृत्वमा ल्याइयो २०३६ सालमा जनकपुर जनसभामा ६० हजारभन्दा बढी जनसागर उर्लिएको थियो । निर्मल लामाले पार्टीसँग सल्लाह नगरी आफू बोल्नुपर्ने सभा (पार्टी निर्णय भएको) मा मनमोहन अधिकारीलाई प्रमुख वक्ता बनाएर पठाए । धनुषाका पार्टी ज्लिला सदस्य पाण्डवराज घिमिरे हस्ते मनमोहनसम्म त्यो खबर पुग्दा पार्टी पंक्ति र जनता भने निर्मल लामाले सम्बोधन गर्ने भन्नेमा ढुक्क थिए । हप्ताँैदेखि काखे बच्चा बोकेर महिलाहरू पैदलै सातु बोकेर कार्यक्रमस्थल पुगे । पक्राउ पर्ने त्रासले गर्दा लामा जनसभामा गएनन् । जनसभाको अघिल्लो दिन निर्मल लामाले ‘खुँडा–खुकुरी निकालेर विद्रोहमा उठ’ भनेर विज्ञप्ति जारी गरे । उनी आफ्नो जनविद्रोहको नीतिअनुसार एक्ले हिंड्दै थिए । त्यही विषयलाई लिएर निर्मल लामालाई कार्बाही गरियो । त्यसपछि भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ नेकपा (चौम) को नेतृत्वमा आए ।

क. लामा यही जनसंघर्षलाई विद्रोहमा उठाउनुपर्छ र सकिन्छ भन्थे । क. आजाद सशस्त्र संघर्षमा जानुपर्छ भन्ने । एकदिनको छलफलबीचमै छोडेर आजाद हिंडे । उनले सशस्त्र संघर्षको अपीलमा पर्चा बाड्दै हिंडेको थाहा भयो । लामाले क. आलेलाई आजादले एक्लै पर्चा बाड्दै हिंडेको छ, लिएर आऊ, उसलाई खतरा हुन्छ भनेर पठाएका थिए । क. आलेले आजादलाई खोज्दै महोत्तरी, धनुषा, सिराह, सप्तरी हुँदै उदयपुर पुगे । भीष्मबहादुर खड्कासहित उदयपुरमा क. आजादसँग रातभरि छलफल भयो । बा¥हजनाको त्यो छलफल रातभर भएको थियो । अलग–अलग स्थानमा उनीहरू बिहानीपख सुत्न गए र बिहान उठेर खोज्दा त आजाद कसैलाई नभनीकन उठेर हिंडेछन् । हामी निरास भएर फर्किंयौँ, क. आले भन्नुहुन्छ । केही समयपछि २०३६ मा सिन्धुलीमा आजादको हत्या भयो ।

२०७५ जेठ ६ गते  आइतबार मध्यान्न १२ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :