प्रतिरोध कविता अभियानमा इच्छुक

 

काठमाडौं : इच्छुक प्रतिष्ठानले आसन्न इच्छुक स्मृति दिवसको अवसर पारेर चितवनर्मा प्रतिरोध कविता अभियान’ कार्यक्रम सम्पन्न गरेको छ । वामपंथी लेखक जगतबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मपन्न सो कविता गोष्ठीको अध्यक्षता कवि ईश्वरचन्द्र ज्ञवाली, सञ्चालन हिरामणी दुःख र स्वागत मन्तव्य वरिष्ठ समालोचक ताराकान्त पाण्डेले गरेका थिए । कार्यक्रममा शोभा दुलाल, सरिता तीवारी, पञ्चकुमारी परिवार, गौरी दाहाल, मोदनाथ मरहट्टा, बाबुराम अधिकारीलगायत ३३ जना कविता कविहरुले आ—आफ्नो कविता वाचन गरेका थिए । भरतपुर, हाकिमचोकमा भएको उक्त गोष्ठीमा वाचित कविताहरुको समिक्षा वरिष्ठ समालोचक जगदीचन्द्र भण्डारीले गरेका थिए ।
२०७५ जेठ ५ गते बिहान ९ : १४  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :