’गद्दारी र विसर्जनले पनि जनक्रान्ति जन्माउने शक्ति पैदा गर्दछ’ : विप्लव, महासचिव, नेकपा

 

 

काठमाडौं : यही जेठ ४ गते नेकपाका महासचिव विप्लवले गद्दारी र विसर्जनले जनक्रान्ति जन्माउने शक्ति पैदा गर्ने कुरा गनु{ भएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्र बीचमा पार्टी एकता भै अण्डरलाइन नेकपा बनेपछि आफ्नो प्रक्रिया दिँदै विप्लवले एक प्रेस विज्ञप्ति निकाली उक्त धारणा सार्वजनिक गर्नु भएको हो । उहाँले भन्नु भएको छ, यो एकता वास्तविक क्रान्तिकारी पार्टीहरुका बीचको उकता नभएर टाट पल्टिएका बैंकका संघहरु बीचको भएका भन्नु भएको छ । उहाँले भन्नु भएको छ “यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन । क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो । यसलाई अर्को भाषामा टाट पल्टिएको बैंक र हुन्डी व्यापारीसँगको विलय बाहेक अरु भन्न मिल्दैन । शुरु मै दुई पार्टी संघको घोर अवसरवादी संशोधनवादी सिण्डिकेटधारी संरचना बोकेर कही नभएको जात्रा गर्दै दुई अध्यक्ष प्रणाली खडा गरेर कुहिएको पार्टीले के नयाँ प्रणालीको हल्ला गर्ने । यो त कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड मात्र हो ।”

उहाँले अगाडि भन्नु भएको छ “यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन हो । प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनगर्ठन गर्ने पहल गरेका हौं । तर पनि सबै नागरिकहरु विशेषतः जनयुद्धमा सहभागिहरु सबैले तत्कालै बुझ्ने गरी प्रचण्डको स्वार्थी, फोहरी र अवसरवादी अनुहार उदांगो भएको छ । किन कि प्रचण्डहरु भित्र भित्र जहिले पनि क्रान्तिकारीहरुलाई तुच्छ र घृणात्मक आरोप गर्ने गर्दथे(जुन कार्य अहिले पनि जारी छ ।) । आफूहरु जनयुद्धका प्रतिबद्धताबाट पछि नहटेको हल्ला गरिरहे । अब प्रचण्डहरुमा माओवादीको “म” पनि रहेन । उनीहरु प्रतिक्रियावादमा पतन भएको दुश्मनसँग विलय हुन पुगेका छन् । र स्वयंलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको पाले र क्रान्तिको बाधकमा पतन गराएका छन् । अब उनीहरुलाई के भन्ने ? विषय गम्भीर छ ।”

केपी ओली र प्रचण्डले हिजो बोल्दै गर्दा भनिएका कुरालाई लिएर उहाँले भन्नु भएको छ “ केपी र पिकेले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरुको स्याल हुइया मात्र हो । उनीहरु दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैमा शोषण, दमन र उत्पीडनको अर्काे नाम हो र त्यो आफैमा असाध्यै अस्थितरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवानले पनि शान्ति र स्थिरता दिन सक्ने छैन । दिनप्रतिदिन राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिशन र तस्करीमा डुब्न पुगेको छ । केपी–पिकेले पहिले नै नेकपामाथि फासीवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भनें भविष्यमा यो प्रक्रिया अझ तीव्र भएर जानेवाला छ । यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिन्छ र दिन अनिवाय{ छ । अनि केपी–पिकेको शान्ति कताबाट हुन सक्दछ ? बाहिर चारैतिर छरिएको संघर्ष उनीहरुतिर केन्द्रीत भएर जानेवाला छ । उनीहरुले सोचलान बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरुलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरुको भ्रम र कल्पना मात्र हो । एकलौटी शासन सत्ता हुँदा त पुँजीवादीले नियन्त्रण गर्न सम्भव भएन । अणु बम भएका शक्तिले त क्रान्तिकारीलाई रोक्न सकेनन् । साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भनें यी संसदवादी, संशोधनवादी, आत्मासमप{णवादीहरुले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको शुरु हुन्छ भन्ने कल्पना नगरे हुन्छ । क्रान्ति, वलिदानबाट भागेर प्रतिक्रियावादी सत्तामा गएर क्रान्तिको दमन गर्न कुरा क्रान्ति गर्ने भन्दा पनि जटिल कुरा हो । वास्तविकता यिनै हुन आगामी दिनहरु भीषण उथलपुथलकारी हुने छनक देखिएको छ ।”

साथै, विप्लवले अबको क्रान्तिकारीहरुको दायित्व र भूमिकालाई स्पष्ट पार्दै भन्नु भएको छ “एमाले र माके बीच एकता गरेर बलियो हुने र शासनमा बसेर मोज गर्ने कल्पना गरेका होलान् । हुन पनि सक्छ । तर उल्टो हुँदैछ । उनीहरुलाई नजिकबाट बुझ्ने इमान्दार क्रान्तिकारीहरुले अवसर प्राप्त गरे । एमालेलाई मात्र होइन माकेलाई पनि कम्युनिस्ट आन्दोलनबाट पतन गरेर पुँजीवादीहरुको सेवक भएको यथार्थ नाङ्गो आँखाले देख्न पाए । यसले स्वाभाविक रुपबाट सबैतिर रहेका इमान्दार र क्रान्तिकारी कमरेडहरुलाई एकताबद्ध गर्न र ध्रुवीकृत गर्ने प्रक्रिया निर्णायक मोडतिर पुग्दैछ । आत्मासमर्पणवाद, अवसरवाद, संशोधनवादलाई स्पष्टहरुपमा आफैले देखेर बुझ्न पाउनु भनेको क्रान्तिकारीहरुलाई नयाँ क्रान्तिका वरिपरि गोलबन्द र ध्रुवीकरण गर्ने अवसर पनि हो ।
वलिदानले उर्जा पैदा गर्छ भनें जस्तै गद्दारी र विसर्जनले पनि जनक्रान्ति जन्माउने शक्ति पैदा गर्दछ । एमाले र माकेको एकताले क्रान्तिकारीमा नयाँशक्ति र अवसर पैदा गरेको छ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, इमान्दार कमरेडहरु ढिला नगरी ध्रुवीकृत हुने बेला आएको छ । देशलाई दलाल पुँजीवादीहरुको हातमा रहन नदिने हो भनें, सामाजिक दलाल पुँजीवादीहरुको नियन्त्रणमा जान नदिने हो भनें, यसले भयानक राष्ट्रघात जो मोदी आउँदा केपीले गरे, जनघात जो नेकपाका नेता/कार्यकर्ता माथि दमन गरिएको छ, भ्रष्टाचार गरिएको छ, झन बढ्ने वाला छ । जनता भयाङ्कर अभाव, उत्पीडन र दमनमा पर्ने देखिन्छ । तसर्थ सबैतिर रहेका क्रान्तिकारीहरु माक्र्वावाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन जुटौं । सच्चा क्रान्तिकारीहरुको एकता त्यही प्राप्त हुन्छ । देश र जनताको वास्तविक शान्ति, समृद्धि पनि वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।”

विज्ञप्तिको पूर्णपाठ-

 

२०७५ जेठ ४ गते शुक्रबार अपरान्ह २ :  २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :