संगठनका केन्द्रीय सदस्य पक्राउ गरेकोप्रति महासचिवको आपत्ति

 

काठमाडौं : योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य नविनलाई पक्राउ गरेर झुट्ठा मुद्दा लगाएकोप्रति उक्त संगठनले आपत्ति जनाएको छ । बिहीबार संगठनका केन्द्रीय महासचिव पाटन जंगलीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएका ह्न् । उनले सरकारद्वारा नागरिकको मौलिक हकलाई लत्याउँदै स्वातन्त्र रुपमा राजनीति गतिविधि गर्न समेत नपाउने गरी प्रतिबन्ध लगाएकोे बताएका छन् । पक्राउ गरी हिरासतमा राखिएका नविनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका छन् । साथै, देशभरी भइरहेको गिरफ्तारी तुरुन्त बन्द नगरे सशक्त संघर्षमा जाने चेतावनी पनि दिएकाे छ ।
२०७५ जेठ ३ गते बिहीबार बेलुका १० : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :