महासङ्घका केन्द्रीय सचिव गिरफ्तार / महासचिव थपलियाद्वारा ससम्मान रिहाइको माग

काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिका सचिव, उपत्यका विशेष ब्युरोका संयोजक एवम् अखिल नेपाल जनकलाकार सङ्घ, केन्द्रीय समितिका संयोजक तथा प्रगतिशील लेखक सङ्घ, नेपालका राष्ट्रिय परिषद् सदस्य कुशल बोगटीलाई मंगलबार काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको छ । यसैबीच उक्त महासंघका केन्द्रीय महासचिव खेम थपलियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बोगटीलाई नेपाल प्रहरीद्वारा अपहरणको शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै तत्काल ससम्मान रिहाइ नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धीत पक्ष हुने बताएका छन् । महासचिव थपलियाको विज्ञप्तिर्मा जसको गीत, कविता, नृत्य तथा मादल तथा हार्मोनियमको तागतमा जो जो अहिले सत्तासीन हुन पुगेका छन्, तिनै शासकले उनै जनकलाकारलाई जेल–हिरासत कोच्नु अत्यन्त आश्चर्यपूर्ण र विडम्बनायुक्त कुरा हो ।’ उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ


२०७५ जेठ २ गते बुधबार मध्यान्न १२ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :