अखिल (क्रान्तिकारी) का महासचिव शाही रिहा

 

 

 

 

काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाही लगायत भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट जनही १ हजार धरौटी बुझाएर मंगलबार रिहा भएका छन् । उनलाई वैशाख १२ गते बुधबार दिउँसो नेपाल मानविकी क्याम्पसको इकाई सम्मेलन सकेर बाहिर निस्किनेबित्तिकै शाहीलाई प्रहरीले पक्राउ गरेको गरेको थियो । शाहीसँगै क्रान्तिकारीका केन्द्रीय सदस्य ललित विक र जिल्ला सदस्य नवीन केसी पनि रिहा भएका छन् । अखिल (क्रान्तिकारी) ले भने आफ्ना संगठनका नेताकार्यकर्तालाई आस्थाकै आधारमा बिनाकारण पक्राउ गरेको भन्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।

२०७५ जेठ १ गते मंगलबार बिहान ७ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :