जनता विरुद्धको समाचार

 

 

काठमाडौं : नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई लिएर सुरु भएको एउटा स्वतन्त्र धारका विरुद्ध यहाँका केही सञ्चार माध्यमहरूले योजनाबद्ध तरिकाले निरन्तर भ्रामक समाचार प्रशारण गरिरहेका छन् । प्रचण्ड–बादल–बाबुरामहरूले वर्गघात र राष्ट्रघात गरिसकेपछि अब नेपालमा कुनै पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरू नरहने निष्कर्ष निकाल्दै गरेका देशी र विदेशी प्रतिक्रियावादीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्दै नयाँ शिराबाट यहाँका क्रान्तिकारी एकजुट हुँदै अघि बढ्दै गएपछि अत्तालिन पुगेका यी शक्तिहरूले नेपालका नयाँ र पुराना सञ्चार माध्यमहरूलाई खरिद गरेर क्रान्तिकारीहरूका विरुद्ध प्रयोग गरिराखेका छन् ।

यसैको पछिल्लो उदाहरण हो, जेठ १ गते नेपाल पानामा ‘मोदीको भ्रमण सफल बनाउन सहयोग गरेका विप्लवलाई भारतीय दूतावासको धन्यवाद, यसरी आयो विशेष कुरा’ शीर्षकको समाचार । यो समाचारमा नेकपाले मोदीलाई सजिलैसँग नेपाल आउन दिएको, यसका लागि नेकपालाई भारतीय दूतावासले ५ करोड दिएको र नेकपाका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभललाई भेटको जस्तो असाध्यै कपोकल्पित र पूर्ण प्रायोजित समाचार लेखिएको छ । उक्त अनलाइनले यसअघि पनि यस्तै समाचार छापेको थियो ।

उक्त समाचारलाई लिएर नेकपाले कडा आपत्ति जनाएको छ । उसले हाम्रो पार्टी र नेपालमा पुनः ब्युँतिएको क्रान्तिको मुनालाई निमोठिदिने नेपालका नवसंशोधनवादी र सबैखाले प्रतिक्रियावादीहरूको घृणित षड्यन्त्र बताएको छ । केपी सरकारले मोदीलाई नेपाल बोलाएर गरेको राष्ट्रघातका विरुद्ध सबैभन्दा अग्रमोर्चामा रहेर प्रतिवाद गर्ने पार्टीको मानमर्दन गर्न रचिएको साजिस भनिएको छ । नेपालमा नयाँ ढंगले क्रान्ति भए प्रचण्ड–बादल–बाबुराम र केपी ओलीको स्वर्ग ढुब्ने र कम्युनिस्टका नाममा लुटखसोट गर्ने दिनको अन्त हुने भएकाले उनीहरूकै गुरुयोजनामा यस्ता समाचारहरू सम्प्रेषण गरिने गरिएको पनि छ ।
२०७५ जेठ १ गते मंगलबार बिहान १२ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :