गिरफ्तारीमा परेका सम्पूर्णलाई रिहा गर : अध्यक्ष चन्द

 

 

केन्द्रीय अध्यक्ष बन्धु चन्द

 

काठमाडौं : अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य शिवा खड्का र उहाँको श्रीमान नवराज ढकाललाई सोमबार सुनसरी इटहरी स्थित आफ्नै डेरामा बसिरहेका अवस्थामा प्रहरीले गिरफ्तार गरेको घटनाप्रति उक्त संगठनले गम्भीर आपत्ति जनाएको छ । सोमबारै संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति गरेकी हुन् । अध्यक्ष चन्दर्ले भारतीय प्रम आउँदा अरुण—३ बुझाउने, देशका संवेदनशील ठाउँहरुमा विदेशी सेनालाई परेड खेल्न लगाई आफ्ना देशका सुरक्षाकर्मीलाई सडक बढार्न लगाउने केपी सरकारले आफ्ना देशका नागरिकहरूलाई दमन गिरफ्तार गरि जेल हालेर ठुलो बहादुरी प्रदर्शन गरिरहेको’ बताएकी छन् । उनीले खड्कासहित देशभरीबाट गिरफ्तार भएका सम्पूर्णलाई रिहाइको माग गरेकी छन् । साथै, अध्यक्ष चन्दले सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनजीविका र जनाधिकारको रक्षाका लागि सम्पूर्ण देशभक्त श्रमजीवी जनसमुदाय संघर्षमा उत्रन पनि हार्दिक आह्वान गरेकी छन् ।

विज्ञप्तिकाे पूर्णपाठ-

 


२०७५ जेठ १ गते मंगलबार बिहान १० : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :