भारतले अन्तर्राष्ट्रिय रुपमा माफी माग्नुपर्छ : नेकपा

काठमाडाैं :  नेपाल  कम्युनिस्ट पार्टीले भारतीय जनता पार्टीका वहालवाला सांसद कीर्ति आजादले नेपालको ऐतिहासिक सांस्कृतिक एवं धार्मिक भूमि जनकपुरलाई भारतमा गाम्भ माग गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका महासविच विप्लवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्ताधारी सांसदले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई चुनौति दिएको भन्दै उक्त अभिव्यक्ति आजादको मात्र नभई भारतीय साम्राज्यवादी शासकहरुको भित्री कुत्सित मनसाय भएको बताएका छन् । साथै केपी ओली सरकारले मोदीका सामु उनकै पार्टीका सांसदको अभिव्यक्ति सच्याउन नलगाउनुले यो सरकार लम्पसारवादी मात्र नभएर घोर राष्ट्रघाती भएको पुष्टि भएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । साथै महासचिव विप्लवले तुरुन्त भाजपाका सांसदलाई अभिव्यक्ति सच्याउन र त्यहाको सरकारलाई अन्तर्राष्ट्रियस्तरमा रूपमा माफी माग्न जाेडदार माग रेका छन।

विज्ञप्तिकाे पूर्णपाठ-

२०७५ वैशाख ३१ गते सोमबार बेलुका १० : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :