नेपालको प्राकृतिक सम्पदामा भारतीय हस्तक्षेप

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रणम धार्मिक एवं सदभाव भ्रमण भनिएपनि भ्रमणको क्रममा ठूलो राष्ट्रघात भएको बताएको छ । भ्रमणका क्रममा नेपाललाई दिर्धकालीन प्रकारले नोक्सान पु¥याउने अरुण ३ को शिलन्यास, कोशी बाँधको गोप्य समझदारी, अन्तराष्ट्रिय नियम अनुसार नेपालले पाउनुपर्ने पारवहन सुविधा र जल मार्गलाई दोहोरो भाषा प्रयोग गरी नेपालका सबै प्राकृति सम्पदा भारतलाई सुम्पने काम भएको बताएको छ । सो पार्टीको जलस्रोत विभाग  इन्चार्ज  कञ्चनले   साेमबार  एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नेताहरु मोदी सामू लम्पसार परेको बताएका छन् । साथै विज्ञप्तिमा संविधानमा नेपाल सार्वभौम मुलुक लेखिएको भएपनि भारतले  नेपालमाथि नवऔपनिवेशिक नीति अनुसार नेपालको विकासमा बन्धयाकरण गर्दै आएको उल्लेख गरिएको छ । 

विज्ञप्ति सहित– 

 

२०७५ बैशाख ३१ सोमबार बिहान  ११ : ४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :