नेपाल बन्दमा सहयोग गर्ने सबैपक्षलाई नेकपाका महासचिव विप्लवद्वारा धन्यवाद

 

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले वैशाख ३० गते आइतबार आयोजना गरेको नेपाल बन्द सफल बनाउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले आइतबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको उल्लेख गरेका छन् । साथै, महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ गतेको नेपाल भ्रमणका क्रममा सर्वत्र विवादित अरुण ३ को शिलन्यास गरेको, नेपाली भूमिमा भारतीय सुरक्षा फौजले ताण्डव नृत्य देखाएको, मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुजा अर्चना गर्ने क्रममा भारतीयहरुले गरेको क्रियाकलापका विरुद्ध बन्द आयोजना गरिएको बताएका छन् । उनले नेपालका पत्रकारमाथि भारतीय सुरक्षा फौजले गरेको हर्कत सरकारले टुलुटुलु हेरेर, बसेको सत्तामा बसेका पुँजीवादीहरु सत्ता बचाउनको लागि हदैसम्म लम्पसार परेको उल्लेख गरेका छन् । महासचिव विप्लवले मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौज र नेपालका प्रशासकले देशभक्त नेपाली जनतामाथि गरेको दमन र ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघात र लम्पसारवादका विरुद्ध आफ्नो पार्टीले नेपाल बन्दको घोषणा गरेको पनि विज्ञप्तिमा स्पष्ट पारेका छन् ।

विज्ञप्तिकाे पूर्णपाठ – 

२०७५ वैशाख ३० गते अाइबार बेलुका ६ : २० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :