झापामा बम आतंक

काठमाडौं : झापाको दमकमा बन्दको अबज्ञा गर्दै गुडिरहेको बसमाथि बम प्रहार भएको छ । गाडिमा प्रहार भएको बम विस्फोट भएको छैन । बम रहेको क्षेत्रलाई अहिले शसस्त्र र जनपथ प्रहरीले घेरेर राखेको र नेपाली सेनाको बम डिस्पोजल टोलि पुगेपछि निष्क्रिय गरिने बताइएको छ । उक्त बमको कारण अहिले दमकको जनजिवन त्रसित बनेको खबर छ । झापाकै बिरिङ्ग खोला पुलमा बम विस्फोट भएको छ । आइतबार अर्थात आज दिउसो १२ बजे भएको बिस्फोटबाट कुनै क्षती भने भएको छैन । बिरिङ्ग खोला नजिकै अर्को ठाउँमा पनि एउटा बम फेला परेको छ । झापामा बन्द कर्ताहरु बिहानै देखि आक्रामक देखिएका छन् । त्यस्तै झापाको दुधे भालुखोला नजिकै मुख्य राजमार्गमा बन्दकर्ताहरुले आगो लेर सडक आवाज जावत बन्द गरेका छन् । साथै उक्त स्थानमा एउटा संकास्पद बस्तु समेत फेला परेको छ । यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ तारानगरस्थित महिमा चर्चमा शनिबार राती बम विस्फोट भएको छ । 

२०७५ बैशाख ३० गते आइतबार दिउसो ३ २०  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :