बन्दको दिन कपिलबस्तुमा गोली चल्यो / काठमाडौंमा दर्जन गाडि तोडफोड

 

 

काठमाडौं : नेकपाले आह्वान गरेको बन्दको दिन काठमाडौंमा बन्दकर्ताहरुले बन्द अबज्ञा गरेको भन्दै दर्जन सवारीसाधनमा तोडफोड गरेका छन् । दिउसो चक्रपथ सुकेधारामा एकै ठाउँमा ६ वटा गाडिमा तोडफोड भएको छ । तोडफोडको कारण केही सार्वजनिक र केही नीजि सवारीसाधनमा क्षति पुगेको छ । तोडफोडपछि उक्त क्षेत्रमा अहिले कुनै सवारी साधन चलेका छैनन् । यस्तै बिहान काठमाडौंकाे बानेश्वर, भक्तपुरको जगाती र पेप्सीकोलामा पनि केही सवारीसाधनमा बन्दकर्ताहरुले तोडफोड गरिदिएका छन् । यसैबीच नेकपाले आह्वान गरेको नेपालबन्दको दिन कपिलबस्तुमा प्रहरीले गोली चलाएको छ । बन्द शान्तिपूर्ण भइरहेको बेला प्रहरीले देउखुरी धान खोलामा गोली चलाएको हो । बन्दकर्ताहरुले आफ्नो बन्दमा सहयोग गर्न गाडि चाकहरुसँग आग्रह गरिरहेको बेला प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले अन्दाधुन्दा हवाई फायर गरेको स्थानीयले बताएका छन् । अहिले सो क्षेत्रमा तनाब उत्पन्न भएको छ । सवारी साधन नचलेकोले प्रहरीले जबरजस्त सवारीसाधन चलाउन चालकहरुलाई दवाव दिइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :