नेपाली दलालहरुले मोदीको चाकडि गरे : कञ्चन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई धार्मिक एवं सद्भाव भ्रमण भनिएपनि यो भ्रमणले नेपाललाई दिर्घकालीन रुपमा नोक्सान पु¥याएको बताएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले अरुण ३ परियोजनाको शिलन्यास, कोशी बाँधको गोप्य समझदारी र अन्तराष्ट्रिय नियम अनुसार नेपालले पाउनुपर्ने पारवहन सुविधा र जल मार्गका लागि घुमाउरो भाषा प्रयोग गरी नेपालका सबै नदि नाला तथा प्राकृतिक सम्पदा हडप्ने षड्यन्त्र गरिएको बताएका छन् । साथै, कञ्चनले भारतीय प्रधानमन्त्रीको जनकपुरदेखी मुस्ताङसम्मको भ्रमणमा नेपाली दलालहरुले निकै तल्लो स्तरमा चाकडि गरेको र त्यो तत्कालीन साम्राज्यवादी मुलुक बेलायती महारानी भिक्टोरीयले भारत भ्रमण गर्दा त्यहाँका नेताहरुले गरेको चाकडिको झल्को दिएको छ भनेका छन् । साथै, भारतमा ग्रिनहण्ड नाम दिएको नरसंहार अभियानमा भारतीय शासकहरुले सयौंको संख्यामा भारतीय कम्युनिस्ट पार्टी(माओवादी) र हजारौंको संख्यामा माओवादी समर्थक जनताको हत्या गरेको उल्लेख गर्दै नेता कन्चनले त्यो हत्या एवं दमनको भारत नेपाल लगायत विश्वभरीका मुक्ति कामी जनताले विरोध गर्दै आएको जनाएका छन् ।विज्ञप्तिमार्फत भारतीय माओवादीहरुमाथि गरिएको दमन बन्द गर्न त्यहाँको सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिकाे पूर्णपाठ –

२०७५ वैशाख ३० गते अाइतबार  बिहान १० : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :