सुर्योदय यातायात प्रालिको बसमा बम विस्फोट

 

काठमाडौं : झापाको मेचीनगर नगरपालिकामा सुर्योदय यातायात प्रालिको बसमा बम विस्फोट भएको छ । विस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यसैगरी झापाको बुट्टाबारिमा पनि बम फेला परेको छ । बन्दकर्ताहरुले बाटो अबरोध गरेपछि त्यहाँबाट सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै सुरुङ्गामा  पनि बम विस्फोट भएको छ । विस्फोटबाट केही क्षती पुगेको छैन । तर माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध गरेपछी प्रहरीले सवारी सधन चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकलाई ढुङ्गा प्रहार गरि ताेडफाेड गरेका छन् । बन्दको कारण लामो तथा छोटो दुरिका सवारि साधन चल्न सकेका छैनन् भने यातायात, कलकारखाना, शैक्षिक संस्था, सरकारी कार्यालय बन्द रहेका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रघातको नयाँ शृंखलाका विरुद्ध ३० गते नेकपाद्वारा नेपाल बन्द

२०७५ वैशाख ३० गते आइतबार बिहान ७ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :