प्रचण्ड र मीनप्रसादको भाटभटेनीमा बम विस्फोट

 

काठमाडौं : प्रचण्ड र मिनप्रसादको भाटभटेनीमा शक्तिशाली बम विष्फोट भएको छ । आज अर्थात वैशाख ३० गते बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा विष्फोट भएको बताइएको छ ।  विस्फोटबाट भाटभटेनीका सिसाहरु फुटेक छन् । अन्य मानवीय क्षति भने भएको छैन। यस्तै खैरेनी नगरपालिकाको पर्शा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । दुबै विस्फोटको विवरण आउन बाँकी छ । बन्दको प्रभावले चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंलगायत देशैभरीका विभिन्न ठुला साना शहरमा यातायात, कलकारखाना, शैक्षिक संस्था, सरकारी कार्यालय बन्द रहेका छन्  भने बिहानै देखि सडक सुनसान रहेको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन् ।

याे पनि पढ्नु हाेस्

राष्ट्रघातको नयाँ शृंखलाका विरुद्ध ३० गते नेकपाद्वारा नेपाल बन्द

वैशाख ३० गतेकाे नेपाल बन्दलाई १४ संगठनद्वारा समर्थन

२०७५ वैशाख ३० गते आइतबार बिहान ६ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :