धार्मिक अतिवादको खतरा

 

 

काठमाडौं : नेपालमा पछिल्लो क्रममा धार्मिक अतिवादको खतरा बढेर गएको छ । नेपालका परम्परागत धर्मभीरुहरूले नेपाललाई नाम मात्रको धर्मनिपेक्ष देश घोषणा गरिएको मन पराएका छैनन् । त्यसैले उनीहरूले केही न केही नाममा विभिन्न घटना घटाइराखेका छन् । त्यसैको एउटा डर लाग्दो घटना हो गत चैत २५ गते बिहान २ बजे विराटनगरको जतुवामा सौच गर्न निस्किएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई गोली लाग्नु । उक्त घटना देशैभरि सन्सनीपूर्ण रूप लिएको थियो । आचार्यलाई गोली हानिएको स्थानमा केही ‘मंगोल नेसनल अर्गनाइजेसन आर्मी’ को नामको पर्चा छरिएको थियो ।

आचार्यमाथिको गोली प्रहारलाई लिएर विभिन्न टिप्पणी पनि आएका थिए । नेपाल सबैजसो संसदीय पार्टीका मुख्य नेताहरूले आशीर्वाद लिने गरेका आचार्यमाथि गोली प्रहारले देशैभरि हल्लाखल्ला फैलिनु स्वाभाविक थियो । उनी कट्टर हिन्दू धर्मभीरु मात्र नभएर जनजाति र क्रान्तिकारी कम्युनिस्ट विरोधी पनि रहँदै आएका थिए । त्यसैले त्यो गोली प्रहारलाई उलएर विभिन्न अड्कलवाजी पनि लगाइएको थियो । त्यही क्रममा प्रहरीले माभव चौधरी र लक्ष्मीराज अधिकारीलाई गिरफ्तार गरी अनुसन्धान गरेको थियो । प्रहरीले सोमबार मात्र गोली प्रहारको वास्तविकता सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा हिन्दू धर्म गुरु भनिने आचार्य श्रीनिवास आफैँले आफ्ना अंगरक्षरक माधव चौधरीलाई गोली हान्न लगाएको र हतियारको व्यवस्था अर्का सहयोगी लक्ष्मीराज अधिकारीलाई लगाएको जनाएको छ । यो घटनाले नेपालमा धार्मिक दङ्गा हुने सम्भावनालाई नकार्दैन । बाह्य शक्तिले जति कोसिस गरेता पनि नेपालमा अहिलेसम्म जातीय र धार्मिक दंगा भँड्किन पाएको छैन । तर पछिल्ला केही घटना र विराटनगरमा भएको योजनाबद्ध षड्यन्त्रले यस्तै धेरै तानावानहरू बुनिराखिएको संकेत गर्दछ ।

२०७५ वैशाख २८ गते बिहीबार दिउँसो १ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :