नेतादेखि भरियासम्म सुन तस्करहरूको जालो र चलखेल : कलाधर आचार्य

 

सुन तस्कर प्रकरणमा ‘लहरो तान्दा पहरो नै थर्कला’ जस्तो भइरहेको छ । यहाँनेर पटक–पटक विभिन्न संचार–माध्यममार्फत प्रस्तुत भई खास गरी एभिन्यूज समाचारको खबरभित्रको खबरमा, न्यूज २४ मा र सगरमाथा च्यानलमा प्रस्तुत भएका अभिव्यक्तिहरू बहुतै सान्दर्भिक, जायज र सही देखिन्छन् । पूर्व डिआइजी केशव अधिकारीजी विश्लेषक पनि हुनुहुन्छ । सही ठाउँमा सही, योग्य र सक्षम व्यक्तिको अभावका कारणबाट यस्ता अपराधिक घटनाहरू घटिरहेका छन् । जबसम्म यसको निराकरण हुँदैन यो यसरी नै मौलाउँदै जान्छ । हतकडी लगाइदिने हातहरूमा नै हतकडी लगाइएको छ र पानी मुख्य मुहानमा नै फोहोर प्रदूषण भएपछि तलतिर बग्दै आउँदा कहाँबाट कसरी सफा पानी प्राप्त गर्न सकिन्छ र ! योग्य, अनुभवी र दक्ष व्यक्तित्वहरूलाई ओझेलमा पारिएको छ र यस्तै–यस्तैहरूको सेटिङ मिलाई यो सुन तस्करको जालोले उग्ररूप लिँदैछ । साढे ३३ किलो सुन प्रकरण सेलाई सकेको अवस्था थियो, यसै क्रममा जब त्यो सुन सही ठाउँमा पुग्न सकेन र हरायो, हराइरहेको छ । तब सुरु भयो चलखेल र खोजतलास । तस्करीमार्फत ल्याइएको सुनको अभिलेख राख्ने जिम्मा झापास्थित सनम शाक्यलाई यो गिरोहबाट एकाउन्टेन्टको रूपमा राखिएको थियो । तर, सुन सम्बन्धित ठाउँमा पुग्न नसकेपछि उनीमाथि शंकाको दृष्टिले नजर लगाई यो वा अरूहरू बाँकी भेद खुल्छ भन्ने अभिप्रायःले ब्याट्री चार्ज गरी करेन्ट लगाएर झापाको जंगलको एक कुनामा अर्को विभत्स तरिकाले हत्या गरियो भनी सनसनीपूर्ण तरिकाले यत्रतत्र नरसंहारको यो घटना फैलिन पुग्यो । अर्कोतिर परिवारहरूले पनि छोराको यसरी मृत्यु भएको थाहा पाए तर परिवारका सदस्यहरूले छोरालाई पूर्व नै बाबु यस्तो नराम्रो कार्यमा नलाग, छोड भनी सल्लाह त दिइरहेका थिए । तैपनि उनीले स्वीकारेनन् । त्यसपछि न्यायको खोजीमा भौतारिँदै उनीहरू काठमाण्डौ पुगी प्रमको कार्यालय र गृहमन्त्रालयमा न्याय पाउने आशा राख्दै निवेदन प्रस्तुत गर्न पुगे । गृहकै एकजना सहसचिवको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग टोली गठन भयो र कार्य गर्दै जाँदा यहाँसम्म आयोग आइपुगेको छ र ६२ जना विरुद्ध विभिन्न थरीका मुद्दाहरू जाहेर भएका छन् । १३ जना वायुसेवा निगमका कर्मचारीहरू, ६–७ जना तल्लो तहदेखि उच्च सुरक्षा निकायका पदस्थ कर्मचारीहरू र बहालवाला एसएसपी दिवेश लोहनी तथा ५–७ जना व्यापारीहरू अन्य अभियुक्तहरू गरी ३२ जना समातिएका र ३० जना मुख्य योजनाकार चुडामणि शर्मा उप्रेती (गोरे) लगायतका अपराधीहरू अझै फरार नै छन् र खोजी कार्य जारी नै छ ।

गत १९ गते न्युज २४ मा २०४० सालदेखि हालसम्म पनि सुन तस्कर प्रकणमा गोरेसँगै काम गर्दै आइरहेका राप्रपाका नेता भुजुङ गुरुङले ४ वर्षयता ३८ क्विन्टल सुन यही गिरोहबाट भित्रिइसकेको बयान तथा चूडामणि शर्मा उप्रेती (गोरे) बाट ३४८ किलो सुन तस्कर भएको अभिव्यक्ति, यस्ता अरू पार्टीका उच्च पदस्थ नेताहरू र गृहकै उच्च पदस्थ पदाधिकारीहरूको अप्रत्यक्ष रूपमा संलग्नता भएको स्पष्ट देखिन्छ । उनीहरूकै छत्रछायामा संरक्षण भइरहेका छन् । यति ठूलो मात्रामा यी अपराधीका कृयाकलापमा संलग्न व्यक्तिहरू समातिएको यो पहिलो पटक हो । २०५४ सालमा भ्यानमा सुन पास गराई बाहिर निस्कँदै गर्दा बिचबाटोमा टायर नै पन्चट भई अलपत्र परेको, अब टायर नै पन्चट हुनेगरी कति सुन तस्कर भएको रहेछ । यसमा गृहमन्त्रालयकै उच्चपदस्थ पदाधिकारीको संलग्नता थियो भनी केशव अधिकारीले प्रस्ट््याउनुभयो तर नाम सार्वजनिक गर्नुभएन । गत केही समयअगाडि ८८ किलो सुन तस्कर प्रकरणमा ११ जना व्यक्तिहरू समातिएकोमा केही सामान्य धरौटीमा त कोही तारेखमा छुटे तर बिचरा भारी बोक्ने भरियासरह नै भनौँ, आखिरमा एकजना सवारी चालकमाथि कानुन प्रहार गरी जेल चलान गरियो । कति हास्यास्पद र घीनलाग्दो न्याय । सुन्नमा आएको छ यो प्रकरणमा कांग्रेसका एकजना वरिष्ठ नेताको संलग्नता र संरक्षण छ रे ! यो मुद्दालाई पुनः दोहो¥याएर को, कसको संरक्षण र संलग्नता छ अनि गिरोह चलिरहेको छ । यसको पनि छताछुल्ल हुने गरी पर्दाफास हुनु आवश्यक छ । ‘धान खाने मुसो चोट खाने भ्यागुतो’, यो प्रवृत्तिको अन्त्य गरिनुपर्दछ, अन्यथा यो प्रकृया चलिरहन्छ ।

बयानको क्रममा अदालतमा पुग्दा बहालवाला एसएसपी दिवेश लोहनीले कस्तो हतकण्डा मच्चाए, उल्टै स्वतन्त्र पत्रपत्रिका जगत् र संचार–माध्यमको खिल्ली उडाई रिपोर्टिङको क्रममा पुगेकाहरूलाई हातपात गर्ने, लात्तैलात्ताले हिर्काउन खोज्ने र मिडियाको क्यामरासमेत खोज्ने दुष्प्रयास गर्नु के यो जायज हो त ? उनी निर्दोषी थिए भने त आवेशमा प्रस्तुत हुन आवश्यक नै थिएन, यो त चोरको खुट्टा काटभन्दा अगाडि नै खुट्टा जोगाउन खुट्टा माथि उचालेजस्तो भयो । यो विषयमा उनीप्रति सरकारले छुट्टै कारवाही गरिनुपर्दछ ।

सारांशमा व्यक्ति गर्नु पर्दा दुवईतर्पm रहेका फरार चूडामणि शर्मा उप्रेती (गोरे) प्रस्तुत भई उनकै बयानबाट पनि सायद सम्पूर्णहरूको पर्दाफास त भइहाल्छ, ३–३ जना व्यक्तिमध्ये २ जनाले आत्महत्या गरे भने १ जना सनम शाक्यको हत्या नै गरियो कि कतै त्यसो हुने त होइन । त्यस्तो घटना घटिहाल्यो भने पनि उनको पछाडि बाँकी भुजुङ गुरुङलगायतको गिरोह त छँदैछ । “धनदेखि महादेवका तीन नेत्र” भनेझैँ कहीँ कतै स्वतन्त्र र निष्पक्ष न्यायालयले पनि न्याय गर्दा चाहे जुनसुकै होस् आफ्नो छबि र अस्तित्व बचाउन सफल होस्, कसैको दबाब र प्रलोभनमा नफसोस् । अन्याय भएको अवस्थामा स्वतन्त्र न्यायपालिकामाथि नै प्रश्नचिन्ह खडा हुन सक्छ । निर्दोष व्यक्ति नफसोस् र दोषीहरूलाई कानुनको फन्दामा पारियोस् । तटस्थ भएर न्याय गरी कानुन प्रयोग गरिदा ‘सानोलाई ऐन ठूलोलाई चयन’ नहोस् । कानुन अन्धो बन्न नपुगोस् ।

अझै दुई–दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण हुँदैछन्, निर्माणपश्चात् तीन–तीन गोटा अन्तर्राष्ट्रियस्तरका विमानस्थल संचालन भइसकेपछि त सुन त तँछाडमँछाड गरी आउने क्रम हुन्छ होला र यो तस्करी गिरोहले उग्ररूप लिन्छ, यदि समयमा नै यसको निराकरण गरिएन भने । आकास मार्ग पनि त हुनुप¥यो, अहिले त भारतले एक रुट सिमराको बाटो हुँदै आउन सक्ने अनुमति दिएको छ, के त्यही एक रुटले यो चापलाई धान्न सक्छ र एउटै रुटबाट आउन सम्भव छ । सरकारले पहल गर्न प¥यो । भारतस्थित भू–भागको आकासको जुनसुकै बाटो भएर आउन पाउने सहमतिको आवश्यकता पर्दछ । हुन त प्रम ओलीले घरीघरी स्थलमार्ग, जलमार्ग त रोकिएका छन् तर हुँदाहुँदै अकासमार्गसमेत रोक्ने प्रयास गरिरहेका छन् भन्नसम्म भ्याउनुभएको छ । उनीहरूले जासुसी वा अन्य कृयाकलाप गर्दा हाम्रो देशको जुनसुकै भू–भागको आकाशबाट जहाज उडाउन पाउने, अनि हामीहरू किन बंचित हुनुपर्ने ? अधिकारप्राप्त निकाय निदाइरहेको छ, कुनै चासो, खाँचो छैन । को, किन आयो, कसरी के गरेर गयो ? सोको ख्याल पनि राख्नुपर्ने तथा जसरी चराचुरुंगी तथा पन्छीहरू विश्व आकासको जुनसुकै भू–भागमा पनि बिना–रोकावट स्वतन्त्रपूर्वक तवरले उडिरहेका, घुमिरहेका हुन्छन् तर हामीलाई त्यो अधिकारबाट समेत बञ्चित गरिएको छ । के हामीलाई मानवरूपी पिँजडाको सुगा बनाई आफ्नै इशारामा र स्वार्थमा मात्रै सीमित राख्न नचाउन खोजिएको हो त ?
जाँदाजाँदै एकजना छिमेकी मित्रले कुनै समयमा भनेका थिए, ‘नेपाल तस्करहरूको देश हो’, नभन्दै प्रमाणित नै हुन्छ कि । विभिन्न सेवा र पदमा कार्यरत सुरक्षा निकायलगायतका लगभग त्यहाँ कार्यरत १५० संघ, संस्थाहरूको आँखा छलेर जादु नै गरेझैँ गरी कसरी सुन बाहिरिन्छ ? यही विषय नै रहस्यमय भइरहेको छ । हालसम्मको यो रहस्यको पर्दाफास हुनु नितान्त आवश्यकता छ । आखिरमा यसरी के फाइदा छ त, एक किलो सुन बराबर तिर्नुपर्ने भन्सार रकम रु. पाँचलाख छली तस्करी गरी विमानस्थल बाहिर ल्याइसकेपछि त्यो रकम भन्सारमा तिर्न नपर्ने भई फाइदा हुन्छ ।
२०७५ वैशाख २८ गते बिहीबर मध्यान्न १२ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :