वर्षमान नेपाली उर्जामन्त्री कि भारतीय उर्जा एजेन्ट ?

 
 
काठमाडौं : गत उर्जामन्त्री बुधबार वर्षमान पुनले आफ्नो क्वार्टरमा पत्रकार बोलाएर अरुण–३ परियोजनाको विरोध नगर्न धम्किको भाषा बोलेका छन् । उनले अरुण–३ परियोजना भारतले बनाउने भन्दैमा विरो धगर्न नहुने बताएका छन् । उनले भारतको पक्षपोषण गर्दै “चीनले जे गरेपनि राम्रो र भारतले गरेको जेपनि नराम्रो नहुने” बताएका छन् । नेपालका सबै उर्जा तथा जलविद्युतविद्, देशभक्तहरुले अरुण–३ राष्ट्रघाती भएको भनी चौतर्फि विरोध भैराख्दा पुनले किन यस्तो भनिराखेका छन् भन्ने आशंका व्यक्त गरिएको छ । अहिलेको अवस्था र जुन शर्तहरुमा ओली सरकारले अरुण–३ परियोजना भारतलाई सुम्पिनु र वर्षमानले उक्त परियोजनाको विरोध गर्नुलाई निकै अर्थपूर्णरुपमा हेरिरहेका छन् ।
 
सन् २०१४ मा नै काँग्रेस र एमालेले उक्त परियोजना भारतलाई दिने भन्ने प्रस्ताव ल्याएका बखत तत्कालीन एकृकीत नेकपा(माओवादी)ले संसदलाई छलेर ल्याएको भन्दै विरोध जनाएको थियो । उक्त परियोजनाको हालका माओवादी केन्द्रका अधिक नेता/कार्यकर्ताहरुले विरोध गरिराखेका छन् । उनी मन्त्री बनेपछि नै एकाएक लगानी बोर्डले भारतीय कम्पनी सतलजलाई लाइसेन्स दिएको थियो । लगानी बोर्डले यसरी लाइसेन्स दिएको यो पहिलो पटक हो । 
 
केपी सरकारमा एकाएक उर्जामन्त्री पुन मनोनित भएका थिए । उर्जा सम्बन्धि कुनै ज्ञान नरहेका पुनलाई यसरी उर्जा मन्त्री बनाइनुप्रति आम मान्छेमा आश्चार्य व्यक्त थियो । पुनले यसरी अरुण–३को पक्षमा मन्त्री भएपछि मोदीको नेपाल आगमनको पूर्वसन्ध्यामा कुनै प्रसंग पत्रकार नै बोलाएर अभिव्यक्ति सार्वजनिक गरेका छन् । यसले पुन नेपालका मन्त्री भन्दा पनि भारतीय पानी रणनीतिलाई पूरा गर्ने एक सहायक रहेको भनेर बुझ्दा कुनै अतियुक्ति रहँदैन । 
२०७५ वैशाख २८ गते शुक्रबार बिहान ९ : १५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :