मोदी र ओलीको कञ्चनपुरमा पुत्ला दहन

 

 

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । शुक्रबार नेकपा कञ्चनपुरले भारतीय नरेन्द्र मोदीको नेपाल भ्रमण नेपाली जनताको हित विपरित भएकोे, आम नेपालीले विरोध गर्दा गर्दै पनि भ्रमण रद्द नगरि नेपाल भ्रमण गरेको, भन्दै कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा भारतीय हस्तक्षेपको विरुद्धमा यस्तो दहन गरेको हो । कञ्चनपुरका विभिन्न ठाँउमा ओली र मोदीको पुत्ला दहन गरेको हाम्रा कञ्चनपुर संवाददाताले जानकारी दिएका छन् ।

२०७५ वैशाख २८ गते बिहीबार बेलुका ८  : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :