नेकपाका नेता बारमा

 

काठमाडौं : गत चैत ५ गते सुतिरहेको अवस्था प्रहरीले गिफ्तार गरेका नेकपाका केन्द्रीय सदस्य किरण राईलगायतका ७ जना नेता कार्यकर्ता अहिले उदयपुरस्थित नेपाल बार एसोसिएसनको अफिसमा रहेका छन् । आज दिउँसो उदयपुर अदालतले उनीहरुलाई जनही १० हजार धरौटि लिइ छाड्ने निर्णय गरेपनि अदालत परिषरमा नै दर्जनौं पुलिसले गिरफ्तार गर्ने भएपछि उनीहरुलाई नेपाल बार एसोसिएसन उदयपुरले संरक्षण दिइ आश्रय दिएको छ । तर बारको परिषरमा प्रहरीले घेररिराखेको छ । नेपाल कम्युनिस्ट पार्टीको चुनाव वहिस्कारको सन्दर्भलाई लिएर गत मंसिर १२ गते नेपाली कांग्रेसका नेता हिमाल कार्कीको गोठमा बम विस्फोट गराएको विषयलाई लिएर नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् किरणलाई, दिव्यराज वराल, नवराज भट्टराई, माधव गौतम, कमला लिम्बु, दिप्सन लिम्बु, राजकुमारी लङ्गाल, पूर्णबहादुर तामाङ, जीतबहादुर पुलामीलाई गिरफ्तार गरेको थियो । तर आज बम विस्फोट मुद्दामा धुनछेक सम्बन्धि सुनुवाइ हुँदा दिव्यराज बराल र राजकुमार दङ्गाललाई संखुवासभामा अर्को मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो भनें अन्य ७ जनालाई जनही १० हजार धरौटी राख्ने आदेश दिएपनि प्रहरीले समात्ने भो पनि उहाँहरुले मानवअधिकारको रक्षाका लागि अनुरोध गरेकाले उदयपुर बारले आश्रय दिएको हो ।
उनीहरुको मुद्दामा बरिष्ठ अधिवक्ता एवं पूर्व सभासद् एकाराज भण्डारी, अधिवक्ताहरु क्रमशः नारायणप्रसाद तिवारी, इन्द्रबहादुर तामा, वैकुण्ठ दाहाल, श्यामानन्द चौधरी सोमनाथ ढुंगाना र दीपेन्द्रदेव पाण्डेले बहस गर्नु भएको थियो । उहाँहरुको बहसपछि जिल्ला अदालत उदयपुरले छोड्ने आदेश दिएको थियो । अदालतको आदेशलाई लात हान्दै उदयपुरको प्रहरी प्रशासनले पुनः पक्राउ गर्न लागिरेहको छ । नेकपाका नेता र कार्यकर्ताप्रति पछिल्लो क्रममा वर्तमान राज्यले देखाएको यस्तो निरंकुश रवैयाले ज्ञानेन्द्रको शासनलाई ब्युँत्याएको टिप्पणी हुन थालेको छ ।

२०७५ वैशाख २७ गते बिहीबार बेलुका ८ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :