राष्ट्रघातका विरुद्ध उत्रिन आव्हान 

 
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनतालाई सास्ती दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विरुद्ध सबै जनतालाई काठमाडौंमा उत्रिन आह्वान गरेको छन । मोदी सरकार बनेपछि नेपालमाथिको भारतीय हस्तक्षेप इतिहासमा नै बढेर गएको, राष्ट्रघाती अरुण–३ परियोजनाको भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीले काठमाडौंबाट नै संयुक्त उद्घाटन गर्ने, भ्रमणका नाममा कुटनीतिक मर्यादा उल्लखंन गर्दै भारतीय सेना र हतियार भित्राउने, विगतमा असकान सन्धि/सम्झौताका बारेमा केही नबोल्ने, नेपालका जलस्रोत लगायतका प्राकृतिक साधन/स्रोतमाथि कब्जा गर्ने रणनीति बनाउने जस्ता नेपालको सार्वभौमिकतामाथिको ठाडो चुनौति दिएको भन्दै वैशाख २९ गते काठमाडौंमा विरोध गर्न सडकमा उत्रिन नेकपाले आह्वान गरेको हो । उसले देशका सबै देशभक्त, राष्ट्रवादी र जनतान्त्रिक शक्तिलाई उक्त विरोध कार्यक्रममा सहभागि भइ देशभक्तिपूर्ण आन्दोलनलाई सफल पार्न पनि अपील गरेको छ । 
 
सबैलाई थाहै छ, आफूलाइृ देशभक्त भनाइरहेको केपी ओली र उनको सरकारले नेपालमा मोदीको भ्रमणसँग जोडिएर भएका राष्ट्र र जनता विरोधी हर्कतलाई टुलुटुलु हेरेर बसिराखको छ । साथै यो सरकारले नेपालको भूमिमाथि भएको अतिक्रमण, विगतका असमान र राष्ट्रघाती सन्धि/सम्झौता, ५ महिलासम्म लगाएको अघोषित नाकाबन्दीका बारेमा केही पनि नबोलेर मालिक खुशी पार्ने नीति लिएको छ । अहिले सबै पक्षबाट मोदीको नेपाल भ्रमण व्यापक विरोध भएको छ ।    
 
२०७५ वैशाख २७ गते बिहीबार अपरान्ह ५ :३५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :