केन्द्रीय सदस्य चौहानलाई पक्राउ गरेकोप्रति अध्यक्ष चन्दको गम्भीर आपत्ति

काठमाडौं : अखिल नेपाल महिला संघ क्रान्तिकारीले सरकारद्वारा आफ्नो संगठनकी केन्द्रीय सदस्य मिथिला चौहानलाई मंगलबार जनकपुरबाट पक्राउ गरेकोप्रति आपत्ति जनाउदै तत्काल रिहाइको माग गरेको छ । बिहीबार अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग माग गरेकी छन् । नेतृ चन्दले काठमाडौंबाट पत्रकार सम्मेलन स्थलबाट मजदुर नेताहरुका साथै देशैभरीबाट भइरहेको धरपकड र गिरफ्तारीले यो सरकारले देश र जनताको रक्षा गर्ने जिम्मेवारी बहन गर्ने होइन कि मालिक रिझाउन आफ्ना जनता माथि दमन गर्ने घोर अनैतिक र निकृष्ट व्यवहार प्रदर्शन गरिरहेको बताएकी छन् । साथै, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा नेपाल र नेपाली जनताको हित विपरित कुनै पनि सन्धी सम्झौता नगर्न सम्बन्धीत पक्षलाई गम्भीर चेतावनी दिएकी छन् । विज्ञप्तिको पूर्णपाठ-


२०७५ वैशाख २७ गते अपरान्ह ५: १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :