नेकपाद्वारा मोदीको नेपाल भ्रमणको विरोध

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको रहस्यमय र नेपाली नागरिकको चाहना विपरीतको नेपाल भ्रमणको विरोध गरेको छ । बिहीबार नेकपाका पोलिट ब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक र देशभक्त व्यक्ति तथा संस्थाहरुको भावना एवं अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभक्तिको आन्दोलनमा सहभागि हुन अपिल गर्नुभएको छ । उहाँले ‘अरुण—३ को खारेजी र विराटनगरकोे २०६५ सालमा स्थापित भै आजसम्म नहटाइएको कथित ‘बाढी नियन्त्रण तथा उद्धार कार्यालय’ नहटाएसम्म आफ्नो पार्टीले सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने’ बताउनु भएको छ । इन्चार्ज विरहीको विज्ञप्तिमा ‘राजनीतिक विश्लेषणको आधारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रामण अरुण—३ आयोजना कब्जा गर्न, विराटनगरको जासुसी अड्डा कायम राख्न र महाभूकम्पको पीडाको समयमा नेपालमाथि नाकाबन्दी लगाएर थप पीडा र घाँटी निमोठेर नेपाली जनतालाई झुकाउन गरिएको अपराधर्को प्रायश्चित’ गर्न यो भ्रमणले नेपाल सरकार र सरकारमा रहेका दलहरुको दलाल चरित्रलाई झनै उदांगो पारेको छ ।’ उल्लेख छ । साथै, उहाँले नेपाल भ्रमणको बहानामा कुटनीतिक मर्यादा र नेपालको सार्वभौमिक अखण्डताप्रति नै प्रश्न उठ्ने गरी भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ भएको भन्दै घोर आपत्ति जनाउनु भएको छ ।

विज्ञप्तिको पूर्णपाठ –

२०७५ वैशाख २७ गते बिहीबार अपरान्ह २ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :