सीमा अतिक्रमण बन्द गर : ट्रेड युनियन

 

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले भारतीय पक्षबाट नेपालका कपिलवस्तु, कञ्चनपुर, झापालगायतका विभिन्न जिल्लामा भएका सीमा अतिक्रमण तथा हस्तक्षेपको विरोध गरेको छ । साथै, महासंघले देशव्यापी रूपमा भएको राष्ट्रघात, जनघात, भ्रष्टाचार, बढ्दो महंगी कालोबजारीविरुद्ध संघर्ष गर्ने नेकपाका नेता–कार्यकर्ताहरूमाथि गरिएको सरकारी दमन र धरपकड बन्द गर्न आग्रह गरेको छ । साथै, पक्राउ गरिएकाहरूलाई बिनाशर्त रिहा गर्न र बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

छैंटौं राष्ट्रिय सम्मेलनका निर्णयहरू सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत महासंघले यस्तो माग गरेको हो । महासंघले भारतसँग विभिन्न समयमा गरिएका सम्पूर्ण असमान सन्धि–सम्झौताहरू खारेज गरी अहिले अतिक्रमण गरिएको नेपाली भूगोल निःशर्त फिर्ता गर्न माग गरेको छ । यस्तै अस्थायी, ज्यालादारी करार र ठेकेदारी प्रथाको अन्त्य गरी मजदुरहरूलाई स्थायी नियुक्ति पेन्सनको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।
२०७५ वैशाख २७ गते बिहीबार बिहान १० : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :