संयुक्त विद्यार्थी संगठनले गर्‍यो प्रदर्शन / माग सुनुवाइ नभएसम्म अान्दाेलन जारी : ढकाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)

 

 

काठमाडौं : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, राजपा विद्यर्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्वीयू (पाँचौं), राजपा विद्यार्थी फोरम, नेपाल , अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्बाङ र राष्ट्रवादी विद्यार्थी सङ्घसहितका सात विद्यार्थी संगठनहरुले विश्वविधालययमा हुने राजनीतिक भागबन्डाको अन्त्य, निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी तथा सार्वजनिक शिक्षा सुधारको माग राख्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार काठमाडाको माइतीघरमण्डलामा उक्त विधार्थी संगठनले सार्वजनिक शिक्षा सुधार, निजी शिक्षामा हुने व्यपारिकरण र राजनीतिक भागबन्डा अन्त्यको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । सो विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले ‘राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबूत् , नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्ने सुनिश्चितता हुनुपर्यो आफुहरूको माग रहेको बताएका छन् । उनले सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने बताए । घोषित आन्दोलनका कार्यक्रम अनुसार सात विध्यार्थी संगठनहरुले सोमबार शिक्षा विभागका सचिवलाई चेतावनी पत्र बुझाएका छन् ।  सो संगठनले आज अर्थात वैशाख २६ गते संयुक्त अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष ढकालले जानकारी दिएका छन् ।
२०७५ वैशाख २६ गते बुधबार बिहान ११ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :