अदालतबाट रिहा भएकाहरु प्रहरीद्वारा पक्राउ

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य दिपक लकान्द्री र झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्गलाई मंगलबार रिहा हुनवित्तिकै प्रहरीले पुन पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला अदालत झापाको आदेशमा जनही २५ हजार धरौटी छोडिए पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको हो । यस अघि जिल्ला कारागार झापामा रहेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी चलान गरिएको छ । उनीहरुलाई गत चैत्र १५ गते बुद्ध शान्ती गाउँपालिकामा एनसेल टावरमाथि भएको आगजनीको आरोपमा घरमा बसिरहेका बेला झापा प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेश रिहा भएका बन्दीहरुलाई अनाहकमा प्रशासनले दुःख दिएको नेकपा झापा सेक्रेटरी सौगात आचार्यले बताएका छन् । सेक्रेटरी सौगातले राज्यको यस्तो घिनलाग्दो रवैयका विरुद्ध प्रतिरोध संघर्षमा उत्रने बताएका छन् । आचार्यका अनुसार नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गरेको २५ दिन पछि जिल्ला अदालत झापाले जनही २५र२५ हजार धरौटी लिएर छोड्नु भनी आदेश गरेको थियो । तर उनीहरुले धरौटी बुझाउन नसकेपछी पुन जिल्ला कारागार पठाइएको थियो । पछि उनीहरुको धरौटी जम्मा भएपछि अदालतले रिहाको आदेश गरेको थियो तर प्रहरीले उनीहरुलाई कारागार परिसरबाटै गिरफ्तार गरि सुनसरी लगेको छ ।

२०७५ वैशाख २५ गते मंगलबार साँझ ७ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :