मजदुरको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेपप्रति नेकपाका प्रवक्ता प्रकाण्डको घोर आपत्ति


काठमाडौंं : नेपाल कम्युनिस्ट पार्टीले मजदुर संगठनको पत्रकार सम्मेलनमा ओली सरकारको निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरफ्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गरेकोे छ । बुधबार नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष अमर झाँक्री ‘संजीव’, सचिव देव परियार, केन्द्रीय सदस्य, शिव परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधान गरी ८ जनालाई गिरप्तार गरेकोप्रति घोर आपत्ति जनाउनु भएको हाे । उहाँले गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग समेत गर्नुभएकाे छ । यसैगरी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा “देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ, त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । याने जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो । नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न न ओलीले पाउँछन न प्रचण्डले, न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ । यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन ” उल्लेख गरिएको छ ।विज्ञप्तिको पूर्णपाठ-

२०७५ वैशाख २६ गते बुधबार मध्यान १२ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :