केन्द्रीय सदस्य रोहितलाई पक्राउ गरेकोप्रति महासचिव पाटनको आपत्ति

 

 

काठमाडौं : योङ्ग रेड फोर्स, नेपालले संगठनका केन्द्रीय सदस्य रोहित ढकाललाई महोत्तरीको बर्दिबासबाट प्ररहीले गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएको छ । उक्त संगठनका महासचिव पटन जंगलीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै “कथित लोकतन्त्रका नाममा भएको व्यापक भ्रष्टाचार, करको नाममा भइरहेका बर्मलुटसँगै जनताले अधिकारका विषयमा सम्पूर्ण युवा तथा जनसमुदायसम्म चिरफार गरि सबैलाई सचेत गराई रहेको कुरा स्पष्ट छ ।” आफ्नो संगठन राष्टियता, जनजीविका र आम युवाको अधिकारका पक्षमा वैज्ञानिक समाजवादका लागि युवा अभियान जारी रहेको उनले बताएका छन् । साथै, गिरफ्तार गएिका ढकाललाई बिनाशर्त रिहा गर्न जोडदार माग गरेका छन् । रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ । विज्ञप्तिको पूर्णपाठ –

२०७५ वैशाख २५ गते मंगलबार अपरान्ह ५ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :